२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ओलीको आरोप– वर्तमान सरकार तानाशाही बन्यो

ओलीको आरोप– वर्तमान सरकार तानाशाही बन्यो

ओलीको आरोप– वर्तमान सरकार तानाशाही बन्यो

ओलीको आरोप– वर्तमान सरकार तानाशाही बन्यो

ओलीको आरोप– वर्तमान सरकार तानाशाही बन्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा अघि बढेको आरोप लगाएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

    उनले केही दिनअघि जेनजी अभियन्ता माजिद अन्सारीमाथि कीर्तिपुरमा भएको प्रहरी आक्रमणबारे भन्दै अत्यारको पराकाष्ट भएको बताए ।

    ‘एकजना अभियन्ता कुनै ठाउँको अवलोकन गर्न गए, त्यहाँ अवलोकन गर्न गए बापत प्रहरी अत्याचारको पराकाष्ट भएको छ । लछारपछार गर्ने प्रकारका क्रियाकलाप भए,’ ओलीले भने, ‘त्यस्तो हुन हुँदैन भनेर विराटनगरमा प्रदर्शन गरे । शान्तिपूर्ण ढंगले विरोध जनाउन पनि नपाउने । यस्तो तानाशाशी भन्दा बढी तनाशाही फासिजमको तरिकामा अहिलेको सरकार छ ।’


    साथै, उनले मिडियाका गेट अगाडि पार्किङ गरिएको घटनाबारे बोल्दै सरकारबाटै उक्त कार्य गराइएको आरोप लगाए ।

    ‘अर्काको घरको अगाडि, कार्यालय अगाडि, सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गर्छ । ती गाडी सकुशल फकाइन्छन्, कुनै कारबाही हुँदैन । किनभने निर्देशित ढंगबाट ती काम सरकारले लगाएको छ, अनि कसरी कारबाही हुन्छ रु,’ ओलीले भने ।

    यसले जनताको सहिष्णुतामाथि खेलवाड र अपमान भएको बताए ।

    ‘जनताको सहिष्णुतामाथिको यत्रो खेलवाड, अपमान ? गेटमा गाडी तेर्स्याएको कसले सहन्छ, सहनुपरेको छ । हुन नहुने कुरा पनि सहनुपरेको छ । फासिजम भनेको यही हो,’ ओलीले भने, ‘यस्तो पनि हुन्छ सरकार ? यस्तो पनि हुन्छ राज्य ? यस्तो पनि हुन्छ समाज ?’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij