२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

गौशाला २६ को निवेदन– ममाथि बलात्कार भएको होइन, सर्वोच्चमा पुनरावेदन नगरिदिन आग्रह

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ११ २०८१
शुक्रवार, श्रावण ११ २०८१
  • बुटवल । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिने गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन नगरिदिन निवेदन दिएकी छन्। 

    उनले केही दिनअघि उच्च सरकारी वकिल कार्यालय पाटनमा निवेदन दिँदै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन आग्रह गरेको उच्च सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ। 

    उनले आफूमाथि बलात्कारको घटना नै नभएको समेत निवेदनमा दाबी गरेकी छन्। आफूले संस्थाको दबाबमा सन्दीपविरुद्ध जाहेरी दिएको निवेदनमा उल्लेख छ। 

    ‘गौशला २६ को निवेदन ३-४ दिन पहिले आएको छ। उहाँले आफूमाथि बलात्कार नभएको र संस्थाको दबाबमा परेर जाहेरी दिएको भन्नुभएको छ। उहाँले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन पनि अनुरोध गर्नुभएको छ’, उच्च सरकारी वकिल कार्यालय स्रोतले  भन्यो।

    उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले गत जेठ २ गते सन्दीपलाई निर्दोष ठहर गर्दै सफाइ दिने फैसला सुनाएको थियो। 

    गतसता उक्त फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो। अदालतबाट पूर्णपाठ सार्वजनिक भएसँगै सर्वोच्चमा पुनरावेदनका लागि जाने बाटो खुलेको थियो।

    तर पीडित भनिएकी किशोरीले नै आफू पीडित नरहेको र पुनरावेदन नगरिदिन आग्रह गरेकी हुन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij