२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्वदेशी जुत्ताचप्पल प्रवर्द्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

स्वदेशी जुत्ताचप्पल प्रवर्द्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

स्वदेशी जुत्ताचप्पल प्रवर्द्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

स्वदेशी जुत्ताचप्पल प्रवर्द्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

स्वदेशी जुत्ताचप्पल प्रवर्द्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • बुटवल ।  प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ताचप्पल उद्योग प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्र्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी र सदस्यसँग छलफल गरेका थिए ।

    उनले तीनै तहको सरकारको समन्वयमा जुत्ता निर्माण सम्बन्धी सिपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ताचप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्द्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताए ।

    उद्योगको उत्पादन क्षमता अनुसार कच्चापदार्थ आयात सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने र स्वदेशी उत्पादन प्रयोग, प्रवर्द्धन तथा बजार विस्तारमा प्रधानमन्त्री शाहले विशेष जोड दिइने बताए ।


    छलफलमा संघ पदाधिकारी तथा सदस्यले भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न, कर तथा भ्याटको दायरा बाहिर रहेका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डलाई कानुनी दायरामा ल्याउन, गुणस्तरहीन तथा सस्तो जुत्ताचप्पल आयात नियन्त्रण गर्न तथा आयातित जुत्ताचप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागु गर्न सरकारको ध्यानाकर्षण गराए ।

    साथै, उनीहरूले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योगमैत्री व्यवस्था भए स्वदेशी जुत्ताचप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास दिलाए ।

    छलफलमा संघ अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, सदस्य एवं प्रतिनिधिसभा सदस्य विदुषी राणा लगायत सहभागिता थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij