२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

युक्रेनको किभमा रुसको अहिलेसम्मकै ठूलो आक्रमण

युक्रेनको किभमा रुसको अहिलेसम्मकै ठूलो आक्रमण

युक्रेनको किभमा रुसको अहिलेसम्मकै ठूलो आक्रमण

युक्रेनको किभमा रुसको अहिलेसम्मकै ठूलो आक्रमण

युक्रेनको किभमा रुसको अहिलेसम्मकै ठूलो आक्रमण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  •  काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रहरूको ठूलो श्रृंखलाबद्ध आक्रमण गरेको गरेको छ । यो रुस युक्रेन युद्ध सुरू भएपछिकै सबै ठूलो आक्रमण हो । यो आक्रमणमा हालसम्म एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्।

    शनिबार रातभर किभ क्षेत्रका विभिन्न स्थानहरूमा आक्रमण भएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको यो आक्रमणलाई ‘किभमाथिको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एक’ भएको बताएका छन् ।

    प्रहार गरिएका ४१ वटा क्षेप्यास्त्रमध्ये १८ वटा खसालेको र १०८ वटा ड्रोन पनि अवरोध गरिएको युक्रेनी सेनाको दाबी छ ।

    युक्रेनी वायुसेनाका अनुसार किभमाथिको पछिल्लो आक्रमणमा इस्कान्देर र हाइपरसोनिक जिर्कोन क्षेप्यास्त्रसहित विभिन्न रूसी हतियार प्रणाली तथा १२५ वटा ड्रोन प्रयोग गरिएको थियो।


    किभका मेयर भिताली क्लिच्कोले आइतबार आवासीय तथा गैर-आवासीय भवनहरूमा क्षति पुगेको, जसमा सुपरमार्केट र छात्रावास पनि रहेको बताएका छन्।

    दमकलकर्मीहरू दुईवटा गोदाममा लागेको आगो निभाउने प्रयासमा जुटिरहेका छन्।

    टेलिग्राममार्फत सन्देश जारी गर्दै जेलेन्स्कीले गत एक सातामा रुसले युक्रेनविरुद्ध करिब १ हनार ४ सय ५० आक्रमणकारी ड्रोन, १ हजार ६ सय ४० भन्दा बढी निर्देशित बम र ९९ विभिन्न प्रकारका क्षेप्यास्त्र प्रयोग गरेको बताएका छन्।

    युक्रेनले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजका दुईवटा गोदाममा ड्रोन आक्रमण गरेपछि रुसले आइतबार जवाफी आक्रमण गरेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij