२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

काभा महिला भलिबल लिगको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलङ्कासँग

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ११ २०८१
शुक्रवार, श्रावण ११ २०८१
  • काठमाण्डाै  । काभा महिला भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाल भलिबल सङ्घले आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै लिगको खेल तालिका र ट्रफी सार्वजनिक गरेको हो ।

    प्रतियोगिता यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।

    प्रतियोगितामा नेपालले उद्घाटन खेलमा साउन १७ गते श्रीलङ्कासँग, दोस्रो खेलमा साउन १८ गते भारतसँग, तेस्रो खेलमा साउन २० गते माल्दिभ्ससँग र चौथो खेलमा साउन २१ गते इरानसँग खेल्ने तालिका छ ।

    लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते हुनेछ । काभा महिला भलिबल लिगको तयारीका लागि नेपालले केही दिनअघि रुससँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij