२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

नुवाकोट दुर्घटनाको ४५ औँ दिन ः दिवंगतहरुको सम्झनामा आश्रममा आश्रीतलाई भोजन

नुवाकोट दुर्घटनाको ४५ औँ दिन ः दिवंगतहरुको सम्झनामा आश्रममा आश्रीतलाई भोजन

नुवाकोट दुर्घटनाको ४५ औँ दिन ः दिवंगतहरुको सम्झनामा आश्रममा आश्रीतलाई भोजन

नुवाकोट दुर्घटनाको ४५ औँ दिन ः दिवंगतहरुको सम्झनामा आश्रममा आश्रीतलाई भोजन

नुवाकोट दुर्घटनाको ४५ औँ दिन ः दिवंगतहरुको सम्झनामा आश्रममा आश्रीतलाई भोजन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ११ २०८१
शुक्रवार, श्रावण ११ २०८१
  • बुटवल । सवारी दुर्घटनामा दिवंगत भएका समुहका सदस्यहरुको सम्झनामा उजिरसिंह माध्यमिक विद्यालय भूपू विद्यार्थी समुहले मावन सेवा आश्रममा आश्रीतलाई भोजन सेवा प्रदान गरेको छ ।बुटवलको उजिरसिंह माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरु स्व. छविलाल शर्मा, स्व. भगवती श्रेष्ठ र स्व. आशा श्रेष्ठको निधन भएको ४५ औं दिनको दिन शुक्रबार उजिरसिंह माध्यमिक विद्याल भूपू विद्यार्थी समुहले बुटवलको मानव सेवा आश्रममा आश्रीतलाई भोजन तथा खाद्यान्न प्रदान गरेको हो ।


    त्यस्तै साँझको समेत भोजन सेवा प्रदान गरिएको छ भने आश्रममा दाल, चामल, तेल, मसला लगायत खाद्यान्न प्रदान गरिएको भूपू विद्यार्थी समुहका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईले जानकारी गराए  । 
    उक्त समुहमा आवद्ध उजिरसिंह माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरु, दिवंगत परिवारका सदस्यहरु सहित शुक्रबार बिहान आश्रममा पुगेर खाद्यान्न प्रदान गर्नुको साथै त्यहाँ आश्रीतलाई भोजन गराईएको हो ।


    त्यस अवसरमा उजिरसिंह माध्यमिक विद्यालय भूपू विद्यार्थी समुहका संयोजक लंक बस्नेतले मानव सेवा आश्रमका अभिाभावक लोकनाथ भूसाललाई खाद्यान्न हस्तान्तरण गर्दै कार्यक्रमको बारेमा जानकारी गराए ।आश्रममा आश्रीतलाई सम्झेर सहयोग गरेकामा समुह प्रति आभार व्यक्त गर्दै आश्रमका अभिभावक भुसालले सहयोगी हातहरुकै सहयोगबाट आश्रम सञ्चिालन भईरहेको बताए । उनका अनुसार अहिले यो आश्रममा ६० जना सडकबाट उद्धार गरिएका सडक मानवहरु आश्रीत छन् ।


    त्यस अवसरमा समुहका सदस्य योग गुरुङले संगै पढेका साथीहरुको विचको भाईचार अभिबृद्धि गर्दै बाल्यकाललाई जीवन्त बनाउन भूपू विद्यार्थी समुह गठन गरि समय समयमा भेटघाट गर्दै आएको स्मरण गर्दै त्यस दिनको दुर्घटनाले निकै दुखित बनाएको बताए । मानिसको जन्मपछि मृत्यु निश्चित भएपनि कतिपय घटनालाई स्वीकार गर्दै निकै कठिन हुने उक्त समुहका सदस्य ज्योती भण्डारीले बताए ।


    गएको जेठ ३० गते उजिरसिंह माध्यमिक विद्यालय भूपू विद्यार्थी समुहले राखेको भेटघाट कार्यक्रम पछि उक्त समुहका सदस्यहरु छविलाल शर्मा, भगवती श्रेष्ठ र आशा श्रेष्ठको सवारी दुर्घटनामा परी निधन भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij