२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बागमतीमा एमालेका ६ मन्त्रीले बुझाए सामूहिक राजीनामा

बागमतीमा एमालेका ६ मन्त्रीले बुझाए सामूहिक राजीनामा

बागमतीमा एमालेका ६ मन्त्रीले बुझाए सामूहिक राजीनामा

बागमतीमा एमालेका ६ मन्त्रीले बुझाए सामूहिक राजीनामा

बागमतीमा एमालेका ६ मन्त्रीले बुझाए सामूहिक राजीनामा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • बुटवल । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले राजीनामा दिएका छन्। मन्त्रीहरूको राजीनामासँगै एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

    केन्द्रको निर्देशनअनुसार एमालेका मन्त्रीहरूले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पत्र दर्ता  गराएका हुन्।

    सोमबार काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने निष्कर्ष निकालेको भए पनि मंगलबार केन्द्रको निर्णयपछि मन्त्रीहरूले सामूहिकरूपमा सरकार छाडेको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।

    उनका अनुसार एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।  मुख्यमन्त्री बानियाँलाई भेटेरै राजीनामा दिने तयारीस्वरूप एमाले मन्त्रीहरूले दिनभर कुरिरहेका थिए। बानियाँ चितवनबाट नफर्केपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र दर्ता गराएका हुन्।

    बागमती प्रदेश सरकारमा एमालेबाट डा. दिनेशचन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री  थिए। नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै प्रदेश सरकारले साउन १ गतेदेखि मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झारेको थियो।

    मन्त्रालय पुनर्संरचनापछि एउटै मन्त्रालयमा तीनजनासम्म मन्त्रीलाई विषयगत जिम्मेवारी बाँडेर काम सञ्चालन गर्ने व्यवस्था गरिएको थियो। तर मन्त्रालय पुनर्गठन भएको एक सातामै कांग्रेस-एमालेबीचको सत्ता सहकार्य अन्त्य भएको हो।

    एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अल्पमतमा परेका छन्। यो सँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया सुरु हुने देखिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij