बुटवल । नयाँ आर्थिक वर्ष शुभारम्भ भएको अवसरमा व्यवसायीहरुलाई नयाँ करका प्रावधानहरु तथा कर तिर्न सिकाउने उदेश्यका साथमा खुद्रा किराना ब्यवसायी संघ रुपन्देहीले आफ्ना सदस्यहरुलाई अभिमुखिकरण प्रदान गरेको छ ।
शुक्रबार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै कर अभिमुखिकरण तथा अन्तरक्रिया गरिएको हो । आन्तरीक राजश्व कार्यालय बुटवलका प्रमुख खडानन्द खरेलले सहजिकरण गरे ।
उनले व्यवसायीहरुले करको वास्तवीकता नबुझि काम गर्दा निकै समस्या आईरहेको बताए ।उनले व्यवपसाय सञ्चालन गर्दा होस वा बन्द गर्दा होस व्यवसायीहरु अनिवार्य चनाखो हुनुपर्ने बताए ।
उनले संवन्धीत व्यवसाय गर्दा आवश्यक पर्ने प्रमाणपत्रहरु, प्यान, दर्ता, करचुक्ता लगायतका विषयमा ध्यान दिनुपर्ने बताउँदै वार्षिक कति कारोवार गर्नेले कसरी र कति बुझाउने भन्ने विषयमा सहजिकरण गरेका थिए भने संघका सदस्यहरुले आ आफ्ना जिज्ञासा राखेका थिए ।
कार्यक्रममा संघ रुपन्देही अध्यक्ष महेन्द्र पोखरेल, संस्थापक अध्यक्ष टिकारम गैरे, , पूर्व अध्यक्षहरु कमला गौतम, गंगाधर न्यौपाने, ज्ञानु न्यौपाने , निवर्तमान अध्यक्ष मोहन बस्याल, सल्लाहकार कृष्ण पाण्डेय, शान्ती समाज रुपन्देही अध्यक्ष कृष्ण प्रसाद भट्टराई, महासचिव दधिराम ज्ञवाली , प्रेस सल्लाहकार तेजेन्द्र केसी लगायतले बोल्दै कार्यक्रम प्रभावकारी भएको बताए ।




