२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तीनवटा पार्टी मिल्दा पनि प्रतिगामी संशोधनलाई रोक्न नसक्ने तहसम्म पुगेका छौँ : प्रदीप ज्ञवाली

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक अफ्यारो अवस्थामा रहेको बताएका छन्। ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै जनता सजग नभए संविधानमाथि नै चुनौती सिर्जना भएको बताए।

    उनले भने, ‘झन्डै ७० वर्षदेखि हामीले हासिल गरेका उपलब्धिहरू धरापमा छन्। हामीले एउटा यस्तो प्रधानमन्त्री पाएका छौँ, जसले फेसबुकमा पोस्ट गर्न सक्नुहुन्छ। तर गणतन्त्रको दिवसको दिन गणतन्त्रको शुभकामना भन्न उहाँलाई आउँदैन। खुल्ला मञ्चमा जानुहुन्छ, तर गणतन्त्रको पक्षमा उहाँ बोल्नुहुन्न।’

    संविधान संशोधनको नाममा भइरहेको गतिविधिले मुलुक अप्ठ्यारो अवस्थामा रहेको बताए।

    उनले भने, ‘शक्ति सन्तुलन एकदमै प्रतिकूल भएको छ। संविधान निर्माणमा मुख्य भूमिका खेल्ने तीनवटा पार्टीहरू मिल्दा पनि प्रतिनिधि सभामा हामीले उनीहरूका प्रयत्नहरूलाई रोक्न सक्दैनौँ। एक तिहाइ हाम्रो सङ्ख्या छैन। राष्ट्रिय सभा छ, त्यसले ब्यालेन्स गर्ला, आशा गरौँ।’

    संविधानमा हुने प्रतिकूल संशोधनलाई प्रतिगामी संशोधनलाई रोक्न नसक्ने तहसम्म पुगेको बताए।

    उनले थपे, ‘भूराजनीतिक भुमरीमा मुलुकलाई धकेल्ने अनेकौँ खालका प्रयत्नहरू तारनतार भइरहेका छन्। सैन्य अफिसरहरूको तारन्तारको भ्रमण, फ्रि तिब्बत गतिविधिहरू, दलाइ लामाको जन्मोत्सव सबैलाई थाहा छ।’

    उनले प्रधानमन्त्रीले संसद्मा उभिएर आत्मघाती अभिव्यक्ति दिएकाले नेपाल भूराजनीतिक भुमरीमा धकेलिन सक्ने बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij