२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • धनगढी । बिहीबारदेखि अनसनरत डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीले छलफल थालेको छ । केसीका प्रतिनिधि र सरकारी टोलीबीच सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेको कार्यकक्षमा केहीबेर अघिदेखि छलफल सुरु भएको हो ।

    वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, प्रतिनिधिसभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा सहभागी छन् ।

    डाक्टर केसीका तर्फबाट उनका सहयोगी डाक्टर अमृत जैशी र पवन थापा सहभागी रहेका छन् । उनीहरूबीच केसीले उठाएका मागबारे संवाद भइरहेको छ । केसीका माग सम्बोधन गर्न सरकार सकारात्मक भएपनि सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति डा. सुनिल प्रसाद जोशी र रजिष्ट्रारलाई हटाउने विषयमा भने पेचिलो बनेको छ ।

    सरकार पक्षले उनीहरुलाई जिम्मेवारी मुक्त गर्न सकिने प्रावधान नभएका कारण उक्त मागमा सहमती जुट्ने सम्भावना कम रहेको छ । केसीका मागबारे वार्ता गर्नुअघि उनीहरुले सेती प्रादेशिक अस्पतालको आईसीयू वार्डमै पुगेर केसीसँग भेटघाट गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij