२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

३३ औँ ग्रिष्मकालीन पेरिस ओलम्पिकको रङ्गशाला बाहिर नदी किनारमा भब्य उद्घाटन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १२ २०८१
शनिवार, श्रावण १२ २०८१
  • बुटवल । ३३ औँ ग्रिष्मकालीन पेरिस ओलम्पिकको भब्य उद्घाटन गरिएको छ । फ्रान्सको राजधानी पेरिसमा गएराति भब्य उद्घाटन समारोह भएको छ । पेरिस ओलम्पिकको इतिहासमा पहिलो पटक उद्घाटन समारोह रङ्गशाला बाहिर नदी किनारमा भएको हो ।

    पेरिस ओलम्पिकमा सहभागी दुई सय देशका १० हजार पाँच सय भन्दा धेरै खेलाडी सेन नदीमा आयोजित परेडमा सवार भएका छन् । समारोहमा सेन नदी किनारमा हजारौँ दर्शक उपस्थित थिए । आतिशबाजीसहित चर्चित गायकहरुले प्रस्तुति दिएका छन् ।

    उद्घाटन समारोहमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोकेका छन् । पेरिस ओलम्पिक यही साउन २७ गतेसम्म चल्नेछ । औपचारिक उद्घाटन अघि नै फुटबल, ह्यान्डबल, आर्चरीलगायतका खेल शुरु भइसकेका छन् ।

    पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जसमा स्यान्टु र मनितासहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह, ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij