कृष्ण पोखरेल- पाल्पा । पाल्पाको हार्थाेक बाट रिडितर्फ जादै गरेको लु २ ख २४४७ नम्वरको टिपर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।
मृत्यु हुनेमा बाग्लुङ ढोरपाटन नगरपालिका वडा नंं १ का टिपरका सहचालक २५ बर्षिय तेजेन्द्र कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रनाउ भिमलाल भट्टराईले बताए ।
सहचालक कुमालको लुम्विनी मेडिकल कलेज प्रभावसमा उपचारको क्रममा मृत्यु भएको हो । सोही स्थानका टिपरका चालक २७ बर्षय मिन बहादुर कुमालको अवस्था सामान्य रहेको छ ।
बुटवल बाट ईट्टा बोकेर बाग्लुङ तर्फ जादै गरेको टिपर तानसेन नगरपालिका वडा नं. १२ गाईघाटमा गएराती सवा ९ बजे दुर्घटना भएको अर्गली प्रहरी चौकी पाल्पाले जनाएको छ ।
दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको पाल्पा प्रहरीले जनाएको छ ।




