२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेकपा बुटवलको प्रथम एकता बैठक र प्रशिक्षण, १५१ सदस्यीय नगर समिति

नेकपा बुटवलको प्रथम एकता बैठक र प्रशिक्षण, १५१ सदस्यीय नगर समिति

नेकपा बुटवलको प्रथम एकता बैठक र प्रशिक्षण, १५१ सदस्यीय नगर समिति

नेकपा बुटवलको प्रथम एकता बैठक र प्रशिक्षण, १५१ सदस्यीय नगर समिति

नेकपा बुटवलको प्रथम एकता बैठक र प्रशिक्षण, १५१ सदस्यीय नगर समिति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • बुटवल । नेपाली कम्युनिष्ट पार्टीको बुटवल उपमहानगर समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सो पार्टीका नेताहरूले कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै जनविश्वास पुनः हासिल गर्नुपर्नेमा जोड दिएका छन् ।

    वर्तमान सरकारका अधिकांश निर्णय र कामहरु गरीब, मजदुर र किसान सहित आम नेपाली जनताको हितमा नभएको र सरकार छोटो समयमै बद्नाम भइसकेको नेताहरुले बताए । 
    नेताहरुले संगठन विस्तार, वैचारिक स्पष्टता र जनतासँग प्रत्यक्ष सम्बन्ध मजबुत बनाउने विषयमा प्रशिक्षण तथा छलफल गर्दै पार्टीलाई निर्णायक शक्ति बनाउने बताएका थिए । 
    नेताहरूले पछिल्ला राजनीतिक घटनाक्रमपछि कम्युनिष्ट शक्तिलाई थप संगठित बनाउने, वडा तहसम्म संगठन सुदृढ गर्ने र जनजीविकाका मुद्दामा प्रभावकारी रूपमा उत्रिने प्रतिबद्धता व्यक्त गरेका छन् । 


    कार्यक्रममा बोल्दै नेकपा बुटवल उपमहानगर संयोजक महेन्द्र भुसालले समय सापेक्ष बदलिएर जान आफूहरु तयार रहेको बताए । उनले विगतको अनुभवबाट पाठ सिक्दै संगठनलाई अनुशासित, जनमुखी र परिणाममुखी बनाउने र तीन महिनाभित्र नगर अधिवेशन सम्पन्न गरिने बताए । पार्टीभित्र चुनावको बेला पार्टीलाई मत नदिएर घात गर्ने व्यक्ति पहिचान गर्न शंकास्पद पार्टी सदस्यको निरन्तर रुपमा निगरानी गर्नु पर्ने भुसालले बताए ।

    कार्यक्रममा नेकपा रुपन्देही इन्चार्ज निर्मल जिसी, सह–इन्चार्ज राम परियार,सह–इन्चार्ज आशा चौधरी, केन्द्रीय सदस्यहरु सुजित विक,कमल भण्डारी,नगर इन्चार्ज पुष्पराज ढकाल, नेता बाबुलाल यादव लगायतले प्रशिक्षण मन्तव्य राख्दै कार्यकर्तालाई आशावादी र उत्साहित  भएर अघि बढ्न आग्रह गरेका थिए । 


    भेलाले नेकपा नगर कमिटीको संयोजकमा महेन्द्र भुसाल र सहसंयोजकमा साविक नेकपा एकीकृत समाजवादीका ऋषि बस्याललाई चयन गर्दै  एक सय एकाउन्न सदस्यीय नगर कमिटी चयन गरेको छ ।  


    कार्यक्रम पार्टीको बुटवल नगर कमिटीका पुर्व सचिव तुल्सीराम न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।  कार्यक्रममा बुटवल उपमहानगर समितिका पदाधिकारी, विभिन्न वडाका प्रतिनिधि तथा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij