२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गोपालमान श्रेष्ठको पार्थिव शरीरमा गगन थापाले ओढाए पार्टीको झन्डा

गोपालमान श्रेष्ठको पार्थिव शरीरमा गगन थापाले ओढाए पार्टीको झन्डा

गोपालमान श्रेष्ठको पार्थिव शरीरमा गगन थापाले ओढाए पार्टीको झन्डा

गोपालमान श्रेष्ठको पार्थिव शरीरमा गगन थापाले ओढाए पार्टीको झन्डा

गोपालमान श्रेष्ठको पार्थिव शरीरमा गगन थापाले ओढाए पार्टीको झन्डा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ । उनको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन् ।

    पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो । उनको आजै बुधबार शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

    कांग्रेस सभापति थापाले ७ साउनमा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गरेका थिए । तर, मनोनयनको एक साता नपुग्दै निधन भएपछि कांग्रेसले अग्रज र अनुभवी नेतालाई सदाका लागि विदाइ गर्नु परेको छ ।

    वि.सं. २००१ मा जन्मिएका नेता श्रेष्ठले नेपाली लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा थिए । २०१७ सालमा विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र र लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गरेका श्रेष्ठले २०३६ सालको जनमतसंग्रहमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका थिए ।


    कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पार्टीले २०४२ सालमा सुरू गरेको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२–०६३ को जनआन्दोलनमा नेता श्रेष्ठले अग्रपंक्तिमा रहेर ऐतिहासिक भूमिका निर्वाह गरेको बताउँछन् ।

    ‘लोकतन्त्रको स्थापना, शान्ति प्रक्रियाको सफलताका साथै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न उहाँले पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहने छ,’ आङ्देम्बले शोक वक्तव्य जारी गर्दै भनेका छन् ।

    नेता श्रेष्ठले २०४२ देखि २०४८ सम्म कांग्रेस स्याङ्जाको सभापतिको जिम्मेवारी सम्हालेका थिए । प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो आमनिर्वाचन–२०४८ मा उनी स्याङ्जा–१ बाट निर्वाचित भएका थिए ।

    २०४८ को आमनिर्वाचनपछि गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कांग्रेसले नेता श्रेष्ठलाई वाणिज्यमन्त्रीको जिम्मेवारी सुम्पिएको थियो । उनी २०५१ को मध्यावधि निर्वाचनमा भने स्याङ्जा–१ बाट पराजित हुन पुगेका थिए ।

    २०५६ को निर्वाचनबाट फेरि प्रतिनिधिसभा सदस्यमा विजयी भएका श्रेष्ठलाई कांग्रेसले मुख्य सचेतक बनाएको थियो । उनले २०५७ मा वन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

    कांग्रेस विभाजनका क्रममा नेता श्रेष्ठ नेपाली कांग्रेस ९प्रजातान्त्रिक० को पक्षमा उभिएका थिए । उनले २०५९ देखि २०६३ सम्म कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति भएर पार्टी सञ्चालन गरेका थिए ।

    पार्टी एकीकरणपछि नेता श्रेष्ठले उपसभापतिको जिम्मेवारी पाएका थिए । पहिलो संविधानसभा सदस्य निर्वाचन–२०६४ मा स्याङ्जा–२ बाट निर्वाचित भएका थिए । विषम् परिस्थितिमा निर्वाचन जितेका श्रेष्ठलाई पार्टीले भौतिक योजनामन्त्रीको जिम्मेवारी दिएको थियो ।

    वरिष्ठ नेता श्रेष्ठ दोस्रो संविधानसभा सदस्य निर्वाचन–२०७० मा समानुपातिकतर्फ संविधानसभा सदस्य बनेका थिए । उनी २०७२ उपप्रधान तथा शिक्षामन्त्री भएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij