२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपालको विरोधका बाबजुद भारत र चीनले थाले लिपुलेकबाट सीमा व्यापार

नेपालको विरोधका बाबजुद भारत र चीनले थाले लिपुलेकबाट सीमा व्यापार

नेपालको विरोधका बाबजुद भारत र चीनले थाले लिपुलेकबाट सीमा व्यापार

नेपालको विरोधका बाबजुद भारत र चीनले थाले लिपुलेकबाट सीमा व्यापार

नेपालको विरोधका बाबजुद भारत र चीनले थाले लिपुलेकबाट सीमा व्यापार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौँ ।
    नेपालको विरोधका बाबजुद भारत र चीनले नेपाली भूमि लिपुलेकको बाटो हुँदै सीमा व्यापार पुनः सुरु गरेका छन्।

    भारतीय सञ्चारमाध्यमले ‘६ वर्षको लामो प्रतीक्षापछि उत्तराखण्डको पिथौरागढ जिल्लाको लिपुलेख दर्रा हुँदै भारत-चीन सीमा व्यापार पुनः सुरु गरिएको’ उल्लेख गरेका छन्। 

    पहिलो चरणअन्तर्गत शनिबार भारतीय व्यापारीको समूह चीनको तिब्बत स्वायत्त क्षेत्रको ताक्लाकोट मण्डी पुगेको छ। 

    दुवै देशबाट औपचारिकता पूरा गरेपछि सीमा व्यापार आधिकारिक रूपमा सुरु गरिएको हो।

    धार्चुला उपविभागीय मजिस्ट्रेट आशिष जोशीका अनुसार इन्डो-तिब्बती व्यापार संघका अध्यक्ष जीवन सिंह रौक्लीको नेतृत्वमा १६ दर्ता भएका व्यापारी र चार सहयोगीसहित २० सदस्यीय टोलीले गुन्जीस्थित अध्यागमन कार्यालयमा सबै आप्रवासन औपचारिकता पूरा गरेको थियो। त्यसपछि टोलीले नाबिधाङमा रात बितायो र शनिबार बिहान लिपुलेख दर्रा प्रस्थान गरेको थियो। 

    शनिबार बिहान १०:१५ बजे चिनियाँ अधिकारीहरूले लिपुलेख दर्रामा औपचारिकता पूरा गरेर भारतीय व्यापारीहरूलाई तिब्बत प्रवेश गर्न अनुमति दिएका थिए। त्यसपछि टोली तकलाकोट मण्डीतिर लागेपछि २०२६ को सीमा व्यापार सिजन आधिकारिक रूपमा सुरु भएको हो।

    उपविभागीय मजिस्ट्रेट आशिष जोशीले भनेका छन्, ‘अन्य दर्ता भएका व्यापारीहरूलाई पठाउन चिनियाँ अधिकारीहरूलाई इमेलमार्फत निरन्तर सम्पर्क गरिँदै छ। अनुमति प्राप्त भएपछि अर्को समूहहरूलाई चरणबद्ध रूपमा ताक्लाकोट पठाइनेछ।’

    लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमि हो।

    यसअघि २०८२ भदौ ३ गत चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा चीन-भारतले सीमा व्यापारका लागि नेपाललाई नसोधी फेरि लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका थिए। त्यतिबेला नेपालले आपत्ति जनाएको थियो। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij