२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरकारलाई कांग्रेसको चेतावनी : लामो संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य हुन्न

सरकारलाई कांग्रेसको चेतावनी : लामो संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य हुन्न

सरकारलाई कांग्रेसको चेतावनी : लामो संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य हुन्न

सरकारलाई कांग्रेसको चेतावनी : लामो संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य हुन्न

सरकारलाई कांग्रेसको चेतावनी  : लामो संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य हुन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • बुटवल ।  कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि  संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको बताएका छन् ।

    विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता आङ्देम्बेले जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य नहुने बताएका हुन् ।


    ‘नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारलाई संस्थागत गरेको छ । यी उपलब्धि कसैको दया वा कृपाबाट प्राप्त भएका होइनन्,’ उनले भनेका छन्, ‘आदिवासी जनजातिसहित सबै समुदायका नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि हुन् । तर आज म चिन्तित छु । सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिहरू संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ उन्मुख भईरहेको महसुस हुन थालेको छ ।’

    उनले संविधानका कमजोरी र समस्यालाई संशोधन तथा परिमार्जनमार्फत सुधार गर्न सकिने भए पनि संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई कमजोर बनाउन नहुने उल्लेख गरेका छन् ।


    आङ्देम्बेले नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारलाई संस्थागत गरेको भन्दै यी उपलब्धि कसैको दया वा कृपाबाट नभई आदिवासी जनजातिसहित नेपाली जनताको लामो संघर्षबाट प्राप्त भएको बताएका छन् ।

    उनले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकार व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । साथै राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व र पहिचानसहितको संघीयता संस्थागत गर्नुपर्ने उनको भनाइ छ ।

    विश्व आदिवासी दिवसले आदिवासी जनजाति समुदायको इतिहास, पहिचान, भाषा, संस्कृति र अधिकारका लागि भएका संघर्ष, त्याग तथा बलिदानलाई स्मरण गर्ने अवसर भएको उल्लेख गर्दै आङ्देम्बेले समावेशी, समान र न्यायपूर्ण नेपाल निर्माणको संकल्पलाई कार्यान्वयन गर्न प्रतिबद्ध हुन आह्वान गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij