२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आवश्यक परे सरकारलाई कान समातेर सच्याउने क्षमता पार्टीसँग छः रवि लामिछाने

आवश्यक परे सरकारलाई कान समातेर सच्याउने क्षमता पार्टीसँग छः रवि लामिछाने

आवश्यक परे सरकारलाई कान समातेर सच्याउने क्षमता पार्टीसँग छः रवि लामिछाने

आवश्यक परे सरकारलाई कान समातेर सच्याउने क्षमता पार्टीसँग छः रवि लामिछाने

आवश्यक परे सरकारलाई कान समातेर सच्याउने क्षमता पार्टीसँग छः रवि लामिछाने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन्।

    सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उनले सरकार बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको स्पष्ट पारेका हुन्। सभापति लामिछानेले सरकार अहिले नै असफल भइनसकेको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको उल्लेख गरे।

    सभापति लामिछानेले भने, ‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ। काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ। आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ। तर अहिले त्यो अवस्था आएको छैन, आउन पनि दिँदैनौँ। सरकार आफ्नो लिकबाट बाहिरियो भने पुनः लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी अघि बढ्छौँ।’ 

    सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै लामिछानेले कहिलेकाहीँ प्राविधिक समस्या वा बाह्य कारणले उत्पन्न हुने ‘टर्बुलेन्स’ अवरोधबाट नआत्तिन आग्रह गरे। 

    उनले आम नागरिकलाई ढुक्क रहन आग्रह गर्दै सरकारलाई सही ढङ्गले गन्तव्यमा पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गरे।

    सरकारको चार महिने कार्यसम्पादनमा स्पष्ट छनक देखिनुपथ्र्‍यो 
    लामिछानेले सरकारको चार महिनाको कार्यसम्पादनमा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास हुन नसकेको स्वीकार गरे। 

    नागरिकका सुझाव र गुनासाहरूलाई पार्टीले नजिकबाट सुनिरहेको उल्लेख गर्दै उनले वर्तमान अवस्थालाई लिएर चिन्तित नहुन आग्रह पनि गरे। सभापति लामिछानेले सरकार गठन भएको चार महिना मात्र भएकाले यसलाई पूर्ण मूल्याङ्कन गरिहाल्ने समय नभए पनि यो अवधिमा केही सकारात्मक परिवर्तनको सङ्केत देखिनुपर्ने बताए । 

    आफ्नो पार्टीमा समाज परिवर्तनका लागि हुटहुटी भएका युवा र व्यावसायिक व्यक्तित्वहरूको समूह रहेको जिकिर गर्दै उनले कुनैपनि असहज परिस्थितिलाई सम्हाल्न सक्ने ‘राजनीतिक अभिभावकत्व’ रास्वपासँग रहेको बताए। गैर–राजनीतिक पृष्ठभूमिबाट आएका विज्ञ र पेशेवरहरूको समूहले देश परिवर्तनका लागि लिएको यो चेतना र अवसर इतिहासमै दुर्लभ भएको उनको भनाइ छ। 

    ‘अप्ठ्यारो परिस्थितिलाई सम्हाल्न सक्ने राजनीतिक नेतृत्व र जिम्मेवारी हाम्रो पार्टीसँग छ। किनकि यो पार्टीमा तपाईँहरूजस्तै केही गरौँ भन्ने हुटहुटी भएका युवाहरू छन्। परिवर्तनका लागि गैरराजनीतिक पृष्ठभूमिका प्रोफेसनलहरूको ठूलो समूह एकजुट भएर अघि बढ्ने चेतना कुनैपनि देशले सहजै पाउँदैन। हामी अहिले त्यही चेतनाको अवस्थामा छौँ’

    यो सरकार नागरिककै भएको र इतिहासले सुम्पिएको यो जिम्मेवारीलाई जनतासँगको सहकार्यमा नै सफल बनाउने प्रतिवद्धता समेत सभापति लामिछानेले व्यक्त गरे।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij