२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

रातीको समयमा मुसल्धारे वर्षाको सम्भावना

रातीको समयमा मुसल्धारे वर्षाको सम्भावना

रातीको समयमा मुसल्धारे वर्षाको सम्भावना

रातीको समयमा मुसल्धारे वर्षाको सम्भावना

रातीको समयमा मुसल्धारे वर्षाको सम्भावना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • काठमाण्डौ । अबका केही दिन रातिको समयमा मुसल्धारे वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति पनि काठमाण्डौ उपत्यकासहित बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसल्धारे पानी परेको थियो । आउँदो बुधवारसम्म विभिन्न ठाउँमा राति मुसल्धारे पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विनु महर्जनले जानकारी दिइन ।

    उनका अनुसार आज र भोलि पूर्वी र मध्य तथा मंगलवार र बुधवार पश्चिमी क्षेत्रमा मुसल्धारे वर्षाको सम्भावना धेरै छ । अहिले मनसुन न्यून चापीय रेखा सरदर स्थान आसपासमै रहे पनि मनसुनी गतिबिधि भने थप सक्रिय बन्ने देखिएको मौसमविद् महर्जनले बताइन ।

    आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मुसल्धारे वर्षाको सम्भावना रहेको महाशाले निकालेको बुलेटिनमा उल्लेख छ । यसैबीच सिन्धुपाल्चोकमा पछिल्लो १२ घण्टामा धेरै वर्षा भएकोले मेलम्ची, इन्द्रावती लगायत आसपासमा नदी तटीय क्षेत्रमा दिउँसोसम्म नै सावधानी अपनाउन बाढी पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij