२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रविलाई आङ्देम्बेको प्रश्न : विदेशका गल्लीगल्लीमा स्टिकर टाँस्ने योजना खोइ ?

रविलाई आङ्देम्बेको प्रश्न : विदेशका गल्लीगल्लीमा स्टिकर टाँस्ने योजना खोइ ?

रविलाई आङ्देम्बेको प्रश्न : विदेशका गल्लीगल्लीमा स्टिकर टाँस्ने योजना खोइ ?

रविलाई आङ्देम्बेको प्रश्न : विदेशका गल्लीगल्लीमा स्टिकर टाँस्ने योजना खोइ ?

रविलाई आङ्देम्बेको प्रश्न : विदेशका गल्लीगल्लीमा स्टिकर टाँस्ने योजना खोइ ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ 
    प्रमुख प्रतिपक्षी तथा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी विद्रोह र निर्वाचनबाट प्राप्त जनादेशअनुसार बनेको बालेन सरकारले प्रतिबद्धता पूरा नगर्दा युवाहरूमा फेरि निराशा बढेको दाबी गरेका छन्।

    देशमै स्वरोजगार भएका युवा उमेरका गणेश नेपालीदेखि विवेक मण्डलसम्मले गरेको आत्मदाहलाई उनले त्यसका ज्वलन्त घटनाका रूपमा उल्लेख गरेका छन्।

    अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले रोजगारी, सुशासन र विदेशिएका युवालाई स्वदेश फर्काउने विषयमा सरकारको कामप्रति असन्तुष्टि प्रकट गरे।

    उनले सरकार-लक्षित प्रश्न गरेका छन्, ‘तर, प्रश्न छ- जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयोरु उनीहरूले चाहेको सुशासन कहाँ छरु विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ ?’

    उनले निर्वाचनअघि सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछानेले अमेरिका, क्यानडा र युरोपका विभिन्न देशका गल्लीगल्लीमा पुगेर सरकार बनेको १०० दिनभित्र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउन स्टिकर टाँस्ने र देशमै रोजगारी दिने घोषणा गरेको स्मरण गराएका छन्।

    तर, सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि एक जना युवालाई स्वदेश फर्काउन नसक्नु गम्भीर प्रश्न भएको टिप्पणी आङ्देम्बेले गरेका छन्। 

    ‘चुनावअघि अमेरिका, क्यानडा र युरोपका गल्लीगल्लीमा पुगेर सरकार बनेको १०० दिनमै स्टिकर टाँस्ने र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा सत्तारूढ दलकै नेतृत्वले गरेका थिए, जुन कुरा युवाजनले बिर्सिएका छैनन्’, उनले भनेका छन्।

    आङ्देम्बेले युवालाई मतदान गर्ने जमातका रूपमा मात्रै नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन्।

    विदेशबाट फर्किएका युवाको ज्ञान, सिप, प्रविधि र पुँजी परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’को ठोस नीति आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

    अन्तर्राष्ट्रिय युवा दिवसलाई युवाहरूले नेपालमै आफ्नो भविष्य देख्न सक्ने नेपाल निर्माणको प्रतिबद्धता जनाउने दिन बन्न सकोस् भन्दै शुभकामना दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij