२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मुख्यमन्त्री नियुक्त भएपछि खगराजले भने– चमत्कार त सम्भव हुँदैन, जे गर्नेछु राम्रो गर्नेछु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपाका खगराज भट्टले चुनौतिको भारीले थिचिएको अनुभूति भएको बताएका छन् । उनले चमत्कार गर्न सम्भव नभए पनि राम्रो गर्न कोसिस गर्ने बताए ।

    नेकपा एमालेको समर्थनमा उनले आज मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । लगत्तै प्रदेश प्रमुख नाजिर मियाँले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    मुख्यमन्त्री नियुक्त भएपछि दूबोको माला लगाएर पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले सुदूरपश्चिमका २७ लाख जनताको नेतृत्व गर्ने अवसर पाउँदा खुसी लागेको बताए । सँगै उनले भने, ‘म खुसी नै छु । खुसी भन्दा बढी जिम्मेवारीवोध र अलि बढी चुनौतिको भारीले म थिचिएको अनुभव पनि सँगसँगै गरेको छु ।’

    उनले सुदूरपश्चिमेली जनतालाई केन्द्रमा राखेर काम गर्ने बताए ।

    ‘धेरै चमत्कार त सम्भव हुँदैन, जे गर्ने छु राम्रो गर्नेछु । र मान्छेलाई राम्रो गर्यो भन्ने अनुभूति दिलाउन प्रयास गर्ने छु,’ उनले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij