२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सभामुख अर्यालसँग भेट गर्दै आईजीपी कार्की

सभामुख अर्यालसँग भेट गर्दै आईजीपी कार्की

सभामुख अर्यालसँग भेट गर्दै आईजीपी कार्की

सभामुख अर्यालसँग भेट गर्दै आईजीपी कार्की

सभामुख अर्यालसँग भेट गर्दै आईजीपी कार्की
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीबीच भेटवार्ता तय भएको छ ।

    उनीहरूबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता हुन लागेको हो । भेटवार्तामा उनीहरूबीच संसदीय मर्यादा र पछिल्लो पटक समिति बैठकमा भएको घटनाबारे छलफल हुन लागेको हो ।

    गत बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बुधबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोशाक तथा अन्य सामग्री खरिदमा अनियमितता भएको भनेर परेको उजुरीउपर छलफल थियो ।

    छलफलमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाली प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल उपस्थित थिए ।


    गृहमन्त्री सुधन गुरुङ आमन्त्रित थिए, तर गएनन् ।

    सो छलफलमा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरीको कपडा खरिदमा, जुत्ताहरूको खरिदमा समिति ९छानबिन समिति० बन्नुपर्ने’ बताएका थिए ।

    उनीहरूबीचको विवाद सामाजिक सञ्जालमा पनि पोखिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij