२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुन पुगे देउवा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवा पुगेका छन् । उनी हिजोमात्रै नेपाल फर्किएका थिए ।

    जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।

    उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । हिजो काठमाडौं आएका देउवा आज आयोजित इतर समूहको राष्ट्रिय भेलामा सहभागी भएका हुन् ।

    राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो ।

    भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा शशांक कोइराला समूहका नेता–कार्यकर्ताको उपस्थिति छ ।

    भेला मिराकल पार्टी प्यालेस काठमाडौंमा भएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij