२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एमालेका लागि चुनाव खाल्डो खनिएको थियो, तर विरोधीहरू आफैँ फसे : ओली

एमालेका लागि चुनाव खाल्डो खनिएको थियो, तर विरोधीहरू आफैँ फसे : ओली

एमालेका लागि चुनाव खाल्डो खनिएको थियो, तर विरोधीहरू आफैँ फसे : ओली

एमालेका लागि चुनाव खाल्डो खनिएको थियो, तर विरोधीहरू आफैँ फसे : ओली

एमालेका लागि चुनाव खाल्डो खनिएको थियो, तर विरोधीहरू आफैँ फसे : ओली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको आन्दोलन हुल्लडबाजीका माध्यमबाट सत्ता कब्जा गर्ने कुत्सित प्रयास भएको दाबी गरेका छन्।

    झापामा आयोजित पार्टीको जिल्ला भेला तथा जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश जलाएर गरिएको उक्त आन्दोलनलाई फागुन २१ को निर्वाचनको तमासामार्फत वैधता दिने काम भएको आरोप लगाए।

    प्रतिनिधि सभा पुनः स्थापनाको मागमा अन्य राजनीतिक दलहरूले एमालेलाई मात्र असर पर्ने ठानेर साथ नदिएको चर्चा गर्दै अध्यक्ष ओलीले चुनावलाई एमालेका लागि खनिएको खाल्डो मानेर बसेका दलहरू आफैँ फसेको दाबी गरे।

    निर्वाचनका क्रममा एमालेमाथि चौतर्फी हमला भएको र सहज रूपमा हिँडडुल गर्ने वातावरणसम्म नरहेको उल्लेख गर्दै  चुनावमा पराजय भोग्नुपरे पनि एमाले कायर र भगौडाहरूको पार्टी नभएको स्पष्ट पारे। एउटा मोर्चामा हार्दैमा समग्र युद्ध नहारिने बताउँदै उनले एक गोल खाएपछि अब १० गोल फर्काउन कसैले रोक्न नसक्ने भएकाले उच्च मनोबलका साथ अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिए।

    ओलीले देशमा प्रतिगमन भएको  बताएका छन्। देशमा भइरहेको प्रतिगमनलाई सच्याउन र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न आन्दोलन तथा जागरण अभियानको आवश्यकता औँल्याउँदै अध्यक्ष ओलीले प्रतिमन सच्याउन एमालेले आन्दोलनको मोर्चा समेत छेड्नु पर्ने बताए।

    आगामी प्रदेश निर्वाचनलाई लक्षित गरी हरेक वडामा ५१ प्रतिशतभन्दा बढी मत ल्याउने गरी टोल, बस्ती र घरघरमा पुग्न आग्रह गरे। यस पटक नागरिक तथा विशेष गरी महिला मतदाताले गलत ठाउँमा मतदान गरेको उल्लेख गर्दै उनले जनता र पार्टी दुवैबाट भएका कमजोरीहरूलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए।

    यसैगरी, देशमा मधेसी, पहाडी, दलित, गैर दलित तथा नयाँ र पुरानो तथा यो धर्म र त्यो धर्मको नाममा साम्प्रदायिक हिंसा र विभाजन फैलाउने तत्त्वहरू सक्रिय रहेको भन्दै त्यस्ता गतिविधि रोक्नु पर्ने बताए। अहिलेसम्म विभिन्न नाममा भइरहेको साम्प्रदायिकताबाट जोगाउने काम नेकपा एमालेबाट नै भएको दाबी गरे।

    राजतन्त्र कालदेखि नै अनेकौँ जेल–यातना र अप्ठेरा परिस्थितिको सामना गर्दै कहिल्यै नझुकी र नचुकी सिद्धान्तमा अडिइरहेको एमालेको इतिहास रहेकोले अब पनि एमाले देशको विकास र सार्वभौमसत्ताको रक्षाको लागि दृढ भएर लाग्ने प्रतिबद्धता जनाए। 

    आफ्नो नेतृत्वको सरकारले गरेका विकास निर्माणका कामहरूको चर्चा गर्दै ओलीले हुलाकी, मदन भण्डारी र पुष्पलाल राजमार्ग निर्माणका साथै ताप्लेजुङ तथा हुम्लाजस्ता दुर्गम ठाउँमा सडक र कालोपत्रे पुर्‍याउने काम एमालेकै पालामा भएको स्मरण गराए।

    महाभूकम्पका बेला २८ हजार अस्थायी घर बनाएर पीडितलाई हस्तान्तरण गरेको तथा १३ हजार विद्यालय पुनर्निर्माण एवं कोभिडको सङ्कट सामना गर्न एमालेका कार्यकर्ताहरूले स्वयम् सेवी रूपमा उदाहरणीय काम गरेको  उल्लेख  गरे।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij