२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन छैन, मन्त्रीलाई रुघा लाग्दा हेलिकप्टर ?’

‘जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन छैन, मन्त्रीलाई रुघा लाग्दा हेलिकप्टर ?’

‘जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन छैन, मन्त्रीलाई रुघा लाग्दा हेलिकप्टर ?’

‘जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन छैन, मन्त्रीलाई रुघा लाग्दा हेलिकप्टर ?’

‘जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन छैन, मन्त्रीलाई रुघा लाग्दा हेलिकप्टर ?’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारसमणि गेलालले मन्त्रीहरूलाई मन्त्रालयको काम छाडेर अनावश्यक रुपमा घुम्न ननिस्कन आग्रह गरेका छन् ।

    सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

    ‘माननीय मन्त्रीज्यूहरूलाई प्रश्न छ, तपाईंहरूलाई देश घुम्ने रहर हो कि, समस्या समाधान गर्ने हुटहुटी रु,’ उनले भने, ‘बिदामा घुम्न गएजस्तो गर्नुभन्दा मन्त्रालयमा बस्नुस् । नीति बनाउनुस्, निर्णय गर्नुस्, कर्मचारीको मनोबल उच्च बनाउनुस् ।’

    देशका १६५ वटै निर्वाचन क्षेत्रका समस्या र समाधानका उपाय समेत सम्बन्धित क्षेत्रका सांसदहरूले दिन सक्ने उनले सुझाए । यसको लागि जम्बो सल्लाहार राखेर राज्यको ढुकुटी रित्याउन आवश्यक नरहेको उनले बताए ।


    अनि उनले जनताले के चहिरहेका छन् भनेर ख्याल गर्न आग्रह गरे ।

    ‘आज जनता ग्यास, मल, संचार सेवा, विद्युत, आधारभुत स्वास्थ्य सेवाका लागि तड्पिरहेका छन्’ उनले भने ।

    तर मन्त्रीहरूको व्यवहर यसअनुसार नरहेको भनेर प्रश्न गरे । ‘मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर उपलब्ध हुन्छ । तर जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन । अस्पतालमा डाक्टर हुँदैनन्’ उनले भने।

    बैतडी पुगेका पूर्वाधारमन्त्री सुनील लम्साललाई स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरमार्फत धनगढी लगिएको थियो । धनगढीबाट काठमाडौँमा सेनाको स्काइ ट्रकमार्फत ल्याइएको हो ।

    लम्साल शनिबार अबेर साँझ आफैँ गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पुर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको हो । दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएको थियो ।

    त्यसक्रममा बिरामी भएपछि काठमाडौं आएका हुन् । उनी हाल डिस्चार्ज भइसकेका छन् ।

    यो विषयमा संसद्मा सत्तारुढ दल रास्वपाकै सांसदहरूले प्रश्न उठाएका हुन् ।

    साथै रास्वपा सांसद गेलालले मन्त्रीहरूलाई जिल्ला पुगेर भिडियो बनाएर सार्वजनिक गर्दैमा जनता खुसी नहुने पनि बताए।

    उनले भनेका छन्, ‘मन्त्रीज्यूहरू तपाईंहरूका भिडियो र प्रचारले जनता खुसी हुँदैनन् । जनताको घर घरमा मन्त्री पुग्ने होइन । सरकारका कारण समस्या समाधान भएको अनुभूति पुग्नुपर्छ ।’

    उनले थपेका छन्, ‘देश नघुम्नुस्, देशको समस्या समाधान गर्नुस् ।’

    पछिल्लो समयमा मन्त्रीहरू जिल्ला भ्रमणका छन् । जिल्ला भ्रमणका क्रममा मन्त्रीहरूले आगामी स्थानीय तहको चुनाव केन्द्रित अभिव्यक्ति दिने र रास्वपाका उम्मेदवारलाई आगाम चुनावमा मत दिन आग्रह गरिरहेका छन् ।

    यो पृष्ठभूमिमा रास्वपाकै सांसदहरूले मन्त्रीहरूको कार्यशैली र देश दौडाहप्रति प्रश्न उठाएका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij