२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पोखरा र मुस्ताङ जाँदै प्रधानमन्त्रीः सुरक्षा निकायलाई किन पूर्वजानकारी गराएनन् ?

पोखरा र मुस्ताङ जाँदै प्रधानमन्त्रीः सुरक्षा निकायलाई किन पूर्वजानकारी गराएनन् ?

पोखरा र मुस्ताङ जाँदै प्रधानमन्त्रीः सुरक्षा निकायलाई किन पूर्वजानकारी गराएनन् ?

पोखरा र मुस्ताङ जाँदै प्रधानमन्त्रीः सुरक्षा निकायलाई किन पूर्वजानकारी गराएनन् ?

पोखरा र मुस्ताङ जाँदै प्रधानमन्त्रीः सुरक्षा निकायलाई किन पूर्वजानकारी गराएनन् ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  •  काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेन शुक्रबार बिहान सरकारी गाडीमार्फत काठमाडौंबाट पोखरातर्फ प्रस्थान गरेका छन् । उनी पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ ।

    प्रधानमन्त्री शाह सवार गाडी यो समाचार तयार पार्दासम्म धादिङ पुगेको थियो । उनी शुक्रबार नै पोखरा पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको पोखरा तथा मुस्ताङ भ्रमणबारे सुरक्षा निकायलाई भने अवगत गराइएको छैन ।

    कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्रीको भ्रमणबारे प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालयबाट कुनै औपचारिक जानकारी प्राप्त नभएको बताए ।

    ‘हामीले पनि सञ्चारमाध्यममार्फत जानकारी पायौँ तर उहाँ आउनेबारे औपचारिक जानकारी प्राप्त भएको छैन,’ पासवानले भने ।

    राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका सभापति यदु अधिकारीले पनि प्रधानमन्त्रीको भ्रमणबारे पार्टीलाई औपचारिक जानकारी नभएको बताए । प्रहरीले भ्रमणबारे आफूहरूसँग जानकारी मागेको उनको भनाइ छ ।

    प्रधानमन्त्री मुस्ताङ जाने कार्यक्रम रहेको भनिए पनि मुस्ताङ प्रहरीलाई समेत यसबारे औपचारिक जानकारी पुगेको छैन । मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामचन्द्र तिवारीले भीभीआईपी भ्रमणबारे जानकारी नआएको बताए । यद्यपि सुरक्षा प्रबन्ध गर्न समस्या नरहेको उनको भनाइ छ ।

    स्रोतका अनुसार उनी शुक्रबार अपराह्न पोखरा पुग्नेछन् । पोखरा पुगेपछि प्रधानमन्त्री शाह कास्कीको अन्नपूर्ण गाउँपालिका-अस्तामस्थित एक रिसोर्टमा रात बिताउने तयारी छ । उनका लागि उक्त रिसोर्ट बुक भइसकेको बताइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij