२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बस फेला पर्ने सम्भावना क्षीण

बस फेला पर्ने सम्भावना क्षीण

बस फेला पर्ने सम्भावना क्षीण

बस फेला पर्ने सम्भावना क्षीण

बस फेला पर्ने सम्भावना क्षीण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • नारायणगढ । त्रिशूली नदीमा यात्रुसहित हराइरहेका दुई वटा बस फेला पर्ने सम्भावना क्षीण बन्दै गएको छ । नेपाली र भारतीय गोताखोर तथा प्राविधिकको प्रयास दुर्घटना भएको १७ औँ दिनसम्म पनि असफल भएपछि सम्भावना क्षीण देखिएको हो । 

    बसको खोजी गर्न आएको भारतीय टोलीको आइतबार बिदाइ भएको छ । उनीहरूले ल्याएका आधुनिक उपकरणबाट पनि खोजी सफल हुन सकेको थिएन । गत असार २८ गते भरतपुर महानगरपालिका–२९, सिमलतालमा आएको पहिरोमा ६५ जना यात्रुसहित दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । 

    ६५ यात्रुमध्ये तीन जना पौडिएर बाँच्न सफल भएका थिए । हालसम्म घटनामा परेका २४ जनाको शव भेटिएको र १८ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

    अन्य ३८ यात्रुको अवस्था भने बससँगै अज्ञात छ । काठमाडौँबाट गौर जान नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठामाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३–००६ ख १५१६ नम्बरको एन्जल्स डिलक्स बस हराइरहेका हुन् ।

    यसर्थ यी दुई बस पनि हालसम्म नभेटिएकाको सूचीमै परेका छन् र यसअघि त्रिशूलीमा बेपत्ता भएका र नभेटिएका छ वटा सवारीसाधनको सूचीमा थपिन लागेका छन् । २०४९ सालयता त्रिशूलीमा २२ वटा सवारीसाधन हराइरहेका छन् । २०४९ सालमै सिमलतालबाट ४२ यात्रुसहित बेपत्ता भएको यात्रुवाहक बस अझैसम्म फेला पर्न सकेको छैन । 

    यस्तै पूर्वगृहमन्त्री माधव घिमिरेसहित तीन जना यात्रु रहेको बा ९ ख १५३१ नम्बरको स्कोरपियो २०७३ असोज ९ गते त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । सशस्त्र प्रहरी बल आँपटारीका अनुसार आव २०७३/७४ मा पाँच वटा, २०७४/७५ मा चार, २०७५/७६ मा चार, २०७६/७७ मा एक, २०७७/७८ मा एक, २०७९/८० मा एक र २०८०/८१ मा पाँच वटा सवारीसाधन त्रिशूलीमा बेपत्ता भएका छन् । यस आधारमा गत असार २८ गते हराएका बस पनि फेला नपर्ने सम्भावना बढेको छ । 

    तथापि स्थानीय प्रशासनले खोजी कार्य जारी राख्ने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आइतबार पत्रकार सम्मेलन गर्दै हराइरहेका गाडी फेला पर्न नसकिएको जानकारी दिए । भारतीय टोली फर्किए पनि नेपाली टोलीले भने खोजी कार्य निरन्तर जारी राख्ने बताए।

    “नेपाली स्रोतसाधनसँगै भारतबाट विशेष उपकरणसहितका विज्ञ टोली परिचालन गरिए पनि अहिलेसम्म दुवै बस फेला पार्न सकिएको छैन,” उनले भने । नेपाल तथा भारतका खोजकर्ताले चुम्बक र पानीभित्र समेत खोज्न मिल्ने क्यामरालगायतका उपकरण प्रयोग गरेर खोजेका हुन् । भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्सका गोताखोर र प्राविधिक गरी १२ जनाको टोली आइतबार बिदा भएको छ । भारतीय टोली साउन ६ गतेदेखि खोजी कार्यमा संलग्न थियो । 

    प्रजिअ यादवले त्रिशूलीमा खोज तथा उद्धार कार्य जटिल हुनुमा बढ्दो पानीको बहाव र नदीको गहिराइ, धमिलो पानी र अत्यावश्यक उपकरणको अभाव भएको बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij