पोखरा । पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ । पोखरा महानगरपालिका–२१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा पोखरा–१७ स्थित एल.पी देवकोटा स्कुलको बस पल्टिएको हो ।
बसमा २२ जना विद्यार्थी र चालक–सहचालक गरेर २४ जना सवार रहेको प्रहरीले जनाएको छ । बसमा सवार सबैको अवस्था सामान्य छ ।
बस घुम्तीबाट करिब ६० मिटर तल खसेको हो । प्रहरी र स्थानीयको टोली अहिले घटनास्थलमा छ । उक्त बस मट्टिखानबाट विद्यार्थी लिएर स्कुलतर्फ फर्कंदै थियो ।




