२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

पाेखरा बस दुर्घटना : आमाछाेराकाे मृत्यु

पाेखरा बस दुर्घटना : आमाछाेराकाे मृत्यु

पाेखरा बस दुर्घटना : आमाछाेराकाे मृत्यु

पाेखरा बस दुर्घटना : आमाछाेराकाे मृत्यु

पाेखरा बस दुर्घटना : आमाछाेराकाे मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • पाेखरा । पोखराको एलपी देवकोटा मेमोरियल स्कुलको बस आज सोमबार दुर्घटनामा पर्दा घाइते भएकाहरुमध्ये २ जनाको निधन भएको छ ।

    विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ वर्षे छोरा प्रिन्स उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रिन्स युकेजीमा पढ्थे । उनको गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको हो ।

    घाइतेमध्ये १४ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताएका छन् ।

    सोमबार बिहान पोखरा २१ रामदीबाट बिरौटा फर्किने क्रममा ग १ क ६२१९ नम्बरको बस सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

    बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना सवार थिए ।  घाइतेहरको अवस्था सामान्य रहेको प्रहरीले जनायो । अधिकांशको अनुहार, हातखुट्टा, ढाडमा चोट छ ।  बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको कास्की प्रहरीले जनायो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij