२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुरुङबाट दुई जनाको जीवितै उद्धारपछि गृहमन्त्रीले भने- आशाको किरण जोगियो

सुरुङबाट दुई जनाको जीवितै उद्धारपछि गृहमन्त्रीले भने- आशाको किरण जोगियो

सुरुङबाट दुई जनाको जीवितै उद्धारपछि गृहमन्त्रीले भने- आशाको किरण जोगियो

सुरुङबाट दुई जनाको जीवितै उद्धारपछि गृहमन्त्रीले भने- आशाको किरण जोगियो

सुरुङबाट दुई जनाको जीवितै उद्धारपछि गृहमन्त्रीले भने- आशाको किरण जोगियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  •  काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको १० दिनपछि जीवितै उद्धार गरिएपछि गृहमन्त्री सुधन गुरुङले यसलाई आशाको किरणको संज्ञा दिएका छन् ।

    गृहमन्त्री गुरुङले शुक्रबार सामाजिक सञ्जालमा उद्धारका केही तस्वीरहरूसहित लेखेका छन्, ‘३ए सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जीवितै राखेको छ।’

    उद्धार गरिएकाहरूमा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कवीर महर्जन रहेका छन्। साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण उनीहरू आयोजनाको प्राविधिक कार्यमा संलग्न रहेकै अवस्थामा सुरुङभित्र थुनिएका थिए।

    उनले यस कठिन उद्धार कार्यमा अहोरात्र खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ९एपीएफ० र सेन्ट्रल कमान्ड सेन्टरको टोलीलाई धन्यवाद ज्ञापन गरेका छन्। साथै, उनले निरन्तर प्रयासका लागि सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेको उच्च कदर गरेका छन्।

    गृहमन्त्री गुरुङले भनेका छन्, ‘उद्धार टोलीहरू अझै पनि सबै सुरुङहरूमा निरन्तर रूपमा खटिरहनु भएको छ ।’

    सुरुङबाट निकालिएका दुवै जनालाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ।

    शुक्रबार बिहान गृहमन्त्री गुरुङ उद्धार स्थलमा आफैं पुगेका थिए । उनी पनि उद्धारको काममा खटिइरहेको भिडियोहरू सामाजिक सञ्जालमा चर्चामा छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij