२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक निकोलस मदुरो विजयी

भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक निकोलस मदुरो विजयी

भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक निकोलस मदुरो विजयी

भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक निकोलस मदुरो विजयी

भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक निकोलस मदुरो विजयी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलस मदुरो आउँदो कार्यकालका लागि पनि निर्वाचित भएका छन् ।  आज बिहान सकिएको मतगणनामा मदुरो ५१ दशमलव २० प्रतिशत मत प्राप्त गरेर विजयी हुनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    राष्ट्रिय निर्वाचन परिषद्का प्रमुख एल्विस अमोरोसोले मदुरोले ५१ दशमलव २० र उनका मुख्य प्रतिस्पर्धी एडमन्डो गोन्जालेजले ४४ प्रतिशत मत पाएको घोषणा  गरे ।  तर विपक्षी पार्टीले चुनावमा धाँधली भएकाले परिमाण अस्वीकार गर्ने चेतावनी दिएको छ ।

    चुनावअघिका जनमत सर्वेक्षणले गोन्जालेजलाई मदुरोभन्दा निकै अघि रहेको देखाएका थिए । लगातार तेस्रो कार्यकालका लागि पनि निर्वाचित भएपछि निकोलस मदुरोले आफ्नो जीतलाई शान्ति र स्थिरताको जीत भएको बताएका छन् । उनले भेनेजुएलाको निर्वाचन प्रणालीको प्रशंसा गर्दै विपक्षीले हरेक चुनावमा भन्ने गरेको धाँधलीलाई अनावश्यक चिच्याहटको संज्ञा दिए ।

    भेनेजुएलाको सबैभन्दा नजिकको मित्रदेश क्युबाले मदुरोलाई बधाई दिँदै यसलाई नागरिक र क्रान्तिको विजयीका रूपमा व्याख्या गरेको छ । तर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने घोषित परिणामले भेनेजुएलाका नागरिकको इच्छा वा मत प्रतिबिम्बित नगर्नेमा संयुक्त राज्य अमेरिकालाई गम्भीर चिन्ता रहेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij