२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पूर्णबहादुर र शेखरका माग पूरा गर्न कांग्रेस संस्थापन सकारात्मक

पूर्णबहादुर र शेखरका माग पूरा गर्न कांग्रेस संस्थापन सकारात्मक

पूर्णबहादुर र शेखरका माग पूरा गर्न कांग्रेस संस्थापन सकारात्मक

पूर्णबहादुर र शेखरका माग पूरा गर्न कांग्रेस संस्थापन सकारात्मक

पूर्णबहादुर र शेखरका माग पूरा गर्न कांग्रेस संस्थापन सकारात्मक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • बुटवल । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र विशेष महाधिवेशनदेखि नै सुरू भएको मतभेदलाई अन्त्य गर्दै १५ औं महाधिवेशन प्रक्रिया सुरू गर्ने तयारीस्वरूप संस्थापनइतर पक्षका नेताहरूसँग संवाद गर्दै उनीहरूले अघि सारेका माग पूरा गर्न तयारी गरेका छन्।

    निवर्तमान सभापति शेरबहादुर देउवासँग छलफल हुन नसके पनि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग सभापति थापा संवादमा छन् र उनीहरूकै संवादपछि केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट आवश्यक निर्णय गर्ने तयारीमा सभापति थापा जुटेको नेताहरू बताउँछन्।

    निवर्तमान सभापति देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालालाई संयोजक बनाएर १५ औं महधिवेशन तयारी र मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याइसकेका छन्। उनीहरूले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि गरिरहेका छन्।

    यही बेला निवर्तमान सभापति देउवा पक्षका गतिविधिसँग असन्तुष्ट रहँदै पार्टी एकताका पक्षमा उभिएका निवर्तमान कार्यवाहक सभापति खड्का र नेता शेखर कोइरालाले यसअघि उठान गरेका मागहरू पूरा गर्नेतर्फ संस्थापन पक्ष लागेको हो।

    ‘नेताहरू पूर्णबहादुर खड्का र शेखर कोइरालासँग वार्ता, संवाद गर्‍यो भन्ने समाचार सञ्चार माध्यमहरूमा आइरहेका छन्,’ सभापति थापाले आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भने, ‘संवाद के भइरहेको छ भन्ने आफैमा महत्त्वपूर्ण छन्, तर त्योभन्दा अहिले भोटेकोशी बाढी विपद् महत्त्वपूर्ण छ।’

    सभापति थापाले नेता खड्का र कोइरालासँग के के विषयमा संवाद भइरहेको छ भन्नेबारे खुलाएनन्। तर उनले पार्टी एकताका लागि संस्थापनइतर पक्षका नेताहरूसँग भएका संवादबारे पदाधिकारीहरूलाई भने बिफ्रिङ गरेको पाइएको छ। 

    महामन्त्री प्रदीप पौडेलले नेताहरू खड्का र कोइरालाले अघि सार्दै आएका मागहरू पूरा गर्न पार्टी तयार रहेको बताए। उनकाअनुसार गत पुस १० गतेसम्म नवीकरण गरेका क्रियाशील सदस्यहरू १५ औं महाधिवेशनमा भाग लिन पाउँछन्।

    यसअघि अद्यावधिक नगरेकाहरूलाई अधिवेशनमा सहभागी हुन नदिने तयारीमा कांग्रेस थियो। कांग्रेसमा करिब ६ लाखले क्रियाशील अद्यावधिक र करिब २ लाखले नयाँ क्रियाशील लिएका थिए। नेताहरूका अनुसार ८० प्रतिशत क्रियाशील सदस्यले थव विवरणसहित अद्यावधिक गरिसकेका छन्।

    नेता खड्का र कोइरालाले पुस १० भित्र नवीकरण गरेका सदस्यहरूलाई १५ औं महाधिवेशनमा बिनाशर्त भाग लिन दिनुपर्ने माग गर्दै आएका थिए। पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्न भन्दै कांग्रेस संस्थापन पक्ष यो माग पूरा गर्न तयार देखिएको हो।

    ‘पुस १० गतेभित्र नवीकरण गरेका सदस्यहरूले १५ औं महाधिवेशनमा भाग लिन इच्छा गरेमा सहभागी हुन दिन्छौं’ सदस्यता व्यवस्थापन समिति संयोजकसमेत रहेका महामन्त्री पौडेलले भने। 

    प्रवक्ता देवराज चालीसेका अनुसार पार्टीको अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका, निधन भएकाबाहेक सबैलाई 
    १५ औं महाधिवेशनमा भाग लिन दिइनेछ। ‘नवीकरण गरे पनि अध्यावधिक नगरेकाहरूलाई १५औं महाधिवेशनमा सहभागी हुन मिल्ने निर्णय गरिएको छ,’ उनले भने।

    यससँगै खड्का र कोइरालाको मुख्य मागमध्ये एक, अद्यावधिकलाई अनिवार्य नगर्ने, नवीकरण गरेकालाई स्वत: महाधिवेशनमा भाग लिन दिनुपर्ने माग कांग्रेस संस्थापनले पूरा गरेको छ।  खड्का र कोइरालाले विशेष महधिवेशन केन्द्रीय कार्यसमितिमा छुटेका तर २०७८ को १४ औं महाधिवेशनबाट कार्यसमितिमा रहेका १११ जनालाई केन्द्रीय सदस्य बनाउन माग गरेका थिए। यो माग विधानअनुसार पनि पूरा गर्न नसकिने जबाफ सभापति थापाको थियो।

    त्यसपछि १५ औं महाधिवेशन निष्पक्ष बनाउनका लागि एक संयन्त्र गठन गर्ने प्रस्ताव कोइरालाले राखेका थिए। त्यो प्रस्ताव पनि संस्थापन पक्षले स्वीकार गरेको छ। 

    महामन्त्री प्रदीप पौडेलका अनुसार संयन्त्र गठन गर्नुपर्ने आवश्यकता रह्यो भने सभापतिले गठन गर्ने गरी अधिकार दिने तयारी छ। सभापति पक्षको बहुमत हुने गरी सबै पक्षका नेताहरू सरिक रहने संयन्त्र बनाउने र त्यसले महाधिवेशनका तयारीका लागि सहयोग पुर्‍याउने भन्ने छ। 

    क्रियाशील सदस्यता छानबिन समिति, केन्द्रीय निर्वाचन समिति, अनुशासन समिति र विधान संशोधन समिति लगायतमा सबै पक्षका नेताहरू राखेर अधिवेशनलाई निष्पक्ष बनाउने सुनिश्चितता गर्न पनि संस्थापन पक्ष तयार देखिएको छ। अहिले यी समितिमा विशेष महाधिवेशनबाट आएकाहरू मात्रै छन्। 

    ‘पार्टीलाई एकताबद्ध बनाएर १५ औं महाधिवेशनमा जान हामीले ठोस कदम चाल्दैछौं, त्यसअघि नेता खड्का र कोइरालासँग पनि निर्णायक संवाद भएको छ र त्यसअनुसार केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले विभिन्न निर्णयहरू गर्छ,’ एक पदाधिकारीले भने, ‘हामी संस्थापनइतर पक्षले लगातार उठाउँदै आएका सबैजसो माग पूरा गर्दैछौं, वडा अधिवेशन सुरू गर्नुअघि पार्टीमा बृहत्तर एकताको सन्देशका लागि पनि यस्ता निर्णयहरू आवश्यक थिए। यो निर्णयपछि नेता खड्का र कोइराला एक्लाएक्लै आउनुहुन्छ कि उहाँहरू निकट साथीहरू सँगै लिएर आउनुहुन्छ यकिन छैन। जे भए पनि पार्टीको निर्णयले पार्टी एकतामा मद्दत नै गर्छ।’

    सभापति थापा र नेता कोइरालाबीच आइतबार छलफल भएको थियो। कोइरालाको सचिवालयका अनुसार उक्त छलफलमा नेता कोइरालाले आफू पार्टी एकताका पक्षमा रहेको बताएका थिए। 

    सभापति थापासँगको भेटमा नेता कोइरालाले 'अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको भन्नेक कुरा प्रष्ट पारेको' उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाको भनाइ छ। 

    पार्टीभित्र एकताका लागि अरू नेताहरूले पनि पहल तथा प्रस्ताव गरेका छन्। केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता अर्जुननरसिंह केसीले ५ बुँदे प्रस्ताव नै राखे। कतिपय माग संस्थापनइतर पक्षले राखेका मागसँग मिल्दोजुल्दो छ। 

    केसीले विशेष महाधिवेशनको परिधिभित्र रहेर पुरानो कार्य सम्पादन समितिलाई र हालको कार्यसम्पादन समिति सभापतिको नेतृत्वमा एकीकृत गर्ने प्रस्ताव राखेका छन्। जुन कुरा नेता शेखर कोइरालाले लामो समयदेखि उठान गर्दै आएका थिए।

    साथै केसीले विधानको सम्बन्धित धारा निलम्बित गरी केन्द्रीय कार्यसमितिको संख्या परामर्शमा आवश्यकता अनुसार बढाउने, केन्द्रीय कर्यसमितिको प्रथम बैठकले निष्पक्ष महाधिवेशन गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिने, कार्यसम्पादन समितिले नै महाधिवेशन तयारीका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन र अनुशासन समिति थपघट गर्ने र महाधिवेशन निष्पक्ष हुने प्रत्याभूति दिने, १५ औं महाधिवेशन अन्तिम मिति सर्वसम्मत रूपमा एक महिनापछि कात्तिक १७–१९ तोक्ने र उक्त कार्यतालिका कुनै पनि बहानामा नसार्ने गरी समितिले पूर्ण प्रतिबद्धता जनाउने प्रस्ताव राखेका हुन्।

    यो प्रस्ताव केसीले आइतबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राखे पनि सभापति थापाले १५ औं महाधिवेशन नसर्ने जबाफ दिए। सभापति थापाका अनुसार रसुवा, नुवाकोट, धादिङमा अहिले वडा अधिवेशन गर्न सम्भव देखिँदैन। वडा अधिवेशन भदौ २४ गते गर्ने कार्यतालिका भए पनि विपद् र पार्टीभित्र एकता प्रयासका लागि भन्दै करिब एक साता सार्ने तयारी छ।

    सभापति थापाले तल्ला तहका अधिवेशन केही पर सारे पनि केन्द्रीय महाधिवेशन असोज १६ गते काठमाडौंमा उद्घाटन हुने बताएका छन्। सभापति थापाले वडा अधिवेशनअघि संस्थापनइतर पक्षसँग निर्णायक संवाद गरिरहेका छन्।

    तर निवर्तमान सभापति देउवा र उनी पक्षका नेताहरूसँग भने संवाद हुन सकेको छैन। अहिलेसम्मको स्थितिमा नेता खड्का र कोइराला पार्टी एकतामा सकारात्मक देखिए पनि देउवा पक्षका अन्य नेताहरू भने देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन हुनुपर्ने अडानमै छन्। देउवा पक्षका नेताहरूले साउद २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला गरी देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेका थिए। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij