बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरूमा अध्ययन अध्यापन प्रभावित भएको बताए ।
आइतबारको बिदा कसैलाई पनि नचाहिएको उनको भनाइ छ । आइतबारको बिदा खारेज गरी सातामा एकदिन शनिबार मात्र बिदा दिने व्यवस्था कायम गर्न उनले माग गरे ।
"आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन । शैक्षिक संस्थादेखि सबै ठाउँहरूमा यसले नकारत्मक असर पारिरहेको छ," उनले भने, "सरकारले आइतबारको बिदा कटौती गरेर पहिलेकै शनिबारको बिदा कायम गरोस् ।"




