२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सहकारी ठगेर विदेश भागेका १८ जनाको नाम गृहमन्त्रीको गोजीमा (नामसहित)

सहकारी ठगेर विदेश भागेका १८ जनाको नाम गृहमन्त्रीको गोजीमा (नामसहित)

पक्राउ गरी नेपाल ल्याउन संसदीय छानबिन समितिको निर्देशन

सहकारी ठगेर विदेश भागेका १८ जनाको नाम गृहमन्त्रीको गोजीमा (नामसहित)

सहकारी ठगेर विदेश भागेका १८ जनाको नाम गृहमन्त्रीको गोजीमा (नामसहित)

पक्राउ गरी नेपाल ल्याउन संसदीय छानबिन समितिको निर्देशन

सहकारी ठगेर विदेश भागेका १८ जनाको नाम गृहमन्त्रीको गोजीमा (नामसहित)
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगेर विदेशतिर भागेकालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

    सोमबार सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगाएतसंग छलफल गर्दै समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिएको हो ।

    देशबाहिर रहेका १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलब्ध गराएको र उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति सभापति सूर्य थापाले जानकारी दिए ।

    थापाका अनुसार सानुपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको वचत दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा रहेका जीबी राई, सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन, सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई, तेजबहादुर बम्जन तामाङ र लीलानाथ गौतम, इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल, साना पाइलाका तस्विरण खातुन र असरफ अली, सहारा वचत तथा ऋण सहकारी र सुप्रिम सुवास केसी, कान्ति सहकारीका प्रेमध्वज लामा, मेगाडिम सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको छ ।

    १८ जना अमेरिका, बेलायत, मलेसिया, युरोपलगायत भारत र कति अज्ञात रहेकाले वचतकर्ताहरूले जानकारी गराएको थापाले बताए ।

    त्यस्तै सहकारी ठगीको आरोपमा थुनामा रहेका व्यक्तिसँग पनि छलफल गर्ने भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि निर्देशन दिइएको छ ।

    समिति संयोजक थापाले छानबिन समिति गठन भएपछि केही सहकारी सञ्चालकले बचतकर्ताको रकम फिर्ता गरेको जानकारी प्राप्त भएको पनि उल्लेख गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij