२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

ईनरव्हिल क्लब अफ बुटवलको अध्यक्षमा सम्झना ज्ञवाली चयन

ईनरव्हिल क्लब अफ बुटवलको अध्यक्षमा सम्झना ज्ञवाली चयन

ईनरव्हिल क्लब अफ बुटवलको अध्यक्षमा सम्झना ज्ञवाली चयन

ईनरव्हिल क्लब अफ बुटवलको अध्यक्षमा सम्झना ज्ञवाली चयन

ईनरव्हिल क्लब अफ बुटवलको अध्यक्षमा सम्झना ज्ञवाली चयन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • बुटवल । ईनरव्हिल क्लब अफ बुटवलको अध्यक्षमा सम्झना ज्ञवाली चयन भएकी छन्। आइतबार क्लबको २२ औ पद हस्तान्तरण कार्यक्रममा वर्ष २३/२४ का अध्यक्ष सानु श्रेष्ठले वर्ष २४/२५का अध्यक्ष ज्ञवालीलाई पद हस्तान्तरण गरेकी हुन।

    क्लबको आईपिपीमा सानु श्रेष्ठ, प्रथम उपाध्यक्ष बुलबुल श्रेष्ठ, द्वितीय उपाध्यक्षमा लिना श्रेष्ठ, सचिवमा विश्व श्रेष्ठ, कोषाध्यक्षमा मनिला श्रेष्ठ, आईएसओ गीता थापा, इडिटरमा  शुकमाया ध्वजु चयन भएका छन्।

    यस्तै सह सचिवमा गङा श्रेष्ठ, सह कोषाध्यक्षमा अनिता श्रेष्ठ र एक्जुकेटिभ मेम्बरहरूमा सोनाली गुरुङ, रुपा भण्डारी, निर्मला श्रेष्ठ र अम्बिका लम्साल चयम भएका छन्। यस्तै सल्लाहकारहरूमा राधिका गुरुङ, मञ्जु श्रेष्ठ, यमुना श्रेष्ठ र लक्ष्मण प्रसाद ज्ञवाली चयन भएका छन्।

    पदस्थापन कार्यक्रममा बोल्दै ईनरव्हिल डिस्ट्रिक्ट ३५० नेपालका डिस्ट्रिक्ट चेयरमेन आशा श्रेष्ठले महिलाहरूलाई एकताबद्ध बनाउँदै महिलाहरूको क्षमता विकासमा ईनरव्हिलले काम गर्दै आएको बताइन। कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उनले क्लबहरूप्रति गरिने व्यवहार परिवर्तन गरिनु आवश्यक रहेको तर्क गरिन।


    कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले क्लबको माध्यममार्फत नेतृत्व विकास भइरहेको देख्दा खुसी लागेको बताइन। महिलाहरू अनिवार्य आम्दानी सँग जोडिनुपर्ने बताउँदै हरेक कार्य गर्दा आफ्नो आम्दानी भएमा महिलाहरूलाई सहज हुने भएकोले बुटवल उपमहानगरपालिकाले तालिम लगायतका कामहरू गर्दै आएको बताइन। 

    कार्यक्रममा रोटरी क्लब अफ बुटवलका वर्ष २४/२५का अध्यक्ष प्रज्वलन थान्जु, ईनरव्हिल क्लब अफ तिलोत्तमा वर्ष २४/२५का अध्यक्ष सीता चालिसे, ईनरव्हिल क्लब अफ बुटवलका पूर्व अध्यक्ष मञ्जु श्रेष्ठ लगायतले बोलेका थिए।

    कार्यक्रममा वर्ष २३/२४का अध्यक्ष सानु श्रेष्ठले आफ्नो कार्यकालमा सञ्चार क्षेत्रबाट सहयोग गरेको भन्दै लुम्बिनी पत्रिकाका अनलाइन काेर्डिनेटर प्रदीप आचार्य तथा बुटवल एफएमका झबिन्द्र देवकोटालाई नगद सहित सम्मान गरेकी थिइन।

    उनले पूर्व अध्यक्ष तथा कार्यसमितिलाई सम्मान गर्नुका साथै  विपन्न एकल महिला रवि कुमारी ठकुरीलाई नगद सहयोग प्रदान गरेकी थिइन। कार्यक्रमको सञ्चालन वर्ष २३/२४का सचिव सोनाली गुरुङ र वर्ष २४/२५ का सचिव विश्व श्रेष्ठले गरेका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij