बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को वडा अधिवेशनअन्तर्गत सभापतिका उम्मेदवार देवलाल अर्गलीले आफ्नो प्यानल घोषणा गरेका छन्।
एक समारोहका बीच उम्मेदवारी घोषणा गर्दै अर्गलीले पदाधिकारीसहित सदस्यहरूको प्यानल सार्वजनिक गरेका हुन्। अर्गलीको प्यानलबाट सभापतिमा देवलाल अर्गली रहेका छन्।
यस्तै उपसभापतिमा साजनकुमार भारी र हुममाया खनाल, सचिवमा प्रकाश गौतम तथा सहसचिवमा केशव पुन रहेका छन्।
महिला सदस्यतर्फ रेखाकुमारी क्षेत्री, लक्ष्मी पराजुली, राधिका भण्डारी र रिम्बो कार्की रहेका छन्। खुला सदस्यतर्फ राम सुनार, हरिभक्त गाहा र सनतकुमार श्रेष्ठ रहेका छन्।
त्यस्तै ३० वर्षमुनिका सदस्यमा कृष्णबहादुर थापा, दलित सदस्यमा सीता घर्ती र सदस्यमा लक्ष्मण राना रहेका छन्।
सभापतिका उम्मेदवार अर्गली नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सहसचिवसमेत हुन्।




