गाैरीशंकर जयसवाल / परासी ।रामग्राम नगरपालिकाले वर्षाको कारण घरलाई क्षति पुराएकालाई राहत दिने भएको छ ।नगरपालिकाले रूपमा क्षति भएको घरलाई ५ हजारको दर राहत दिने भएको हो ।
आज बसेको नगरमा नग स्तरीय विपत् व्यवस्थापन समितिले वर्षाको कारण घरलाई क्षति भएका घरपरिवारलाई राहत दिने निर्णय गरेको छ ।वर्षाको कारण घरलाई पूर्ण रूपमा क्षति भएको र छत ढलेको टिन उपलब्ध गराउने रामग्राम नगरप्रमुख एव नग स्तरीय विपत् व्यवस्थापन समितिका संयोजक धनपत यादवले जानकारी दिए ।
उनका अनुसार वर्षाको कारण घरलाई क्षति पुराएका घरपरिवारलाई ५ हजारको दर राहत दिने निर्णय गरिएकाे बताए ।विपत् पूर्व तयारीको लागि विपत् सामग्री खरिद गर्ने नगरप्रमुख यादवले बताए ।
बैठकले डेंगु रोग अभियान सञ्चालन गर्ने निर्णय गरिएको त्यसका लागि ओषधी छर्ने र नगरमा खल्टाखुल्टिमा पानी जमेको स्थानमा सरसफाइ गर्ने विपत् व्यवस्थापन समितिका सदस्य सचिव सुमित्रा चौधरीले जानकारी दिइन ।
उनेका अनुसार पालिकामा वर्षाको कारण घरलाई क्षति पुराएका ११ जनाको निवेदन परेकालाई राहत उपलब्ध गराइने बताइन ।




