तिलोत्तमा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तिलोत्तमा नगरपालिका–२ को वडा अधिवेशनबाट इन्द्रमणि अर्याल सभापति रहेको वडा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले तय गरेको महाधिवेशन निर्वाचन कार्यतालिकाअनुसार वडा अधिवेशन तथा क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया अघि बढाइएको हो। कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन असोज ३ र ४ गते गर्ने कार्यतालिका थियो ।
तिलोत्तमा–२ मा पूर्णबहादुर खत्रीको संयोजकत्वमा रहेको निर्वाचन सहजीकरण समिति तथा मतदान अधिकृत कृष्णप्रसाद देवकोटाको रोहवरमा वडा समिति चयन गरिएको हो ।
निर्वाचित वडा कार्यसमितिको उपसभापतिमा रोशन पौडेल,उपसभापतिमा सीता थापा कुँवर,सचिव ईं अरुण अर्याल, सहसचिव विनोद बस्याल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा बबिता भुसाल, रामबहादुर कार्की, कृष्ण कार्की, मिठु बस्नेत,विष्णुप्रसाद काफ्ले,भक्तिराम भण्डारी, मानबहादुर कार्की र पूर्ण पराजुली रहेका छन् । यस्तै
३२ जना क्षेत्रीय प्रतिनिधिहरुमा बिन्दु ढकाल,नरायणप्रसाद भण्डारी,तारा प्रसाद राना,अर्जुनराज श्रेष्ठ, राधिका बस्याल, गौरिदेवी चपाई, भिमलाल पौडेल, डोलबहादुर थापा, कृष्णबहादुर केसी गौतम, कृष्टिना पराजुली, निराजन खरेल,अमन भुसाल, पवन पन्त,पुष्पराज भण्डारी र डा दामोदर शर्मा तिवारी चयन भएका छन् । यस्तै क्षेत्रीय प्रतिनिधिहरुमा गोपाल थापा, मन्जु भुसाल,डोर बहादुर खड्का, उमेश रेग्मी,अशोक कुमार क्षेत्री,मधुकला अर्याल,खिमबहादुर खड्का, यमबहादुर भण्डारी, ई अरुण अर्याल,पूर्णकला भट्टराई विक, मिनप्रसाद देवकोटा, महेन्द्र बस्नेत, नरबहादुर कार्की, सन्दिप पाण्डे, तिर्थराज पौडेल,शिव पराजुली र कविता पन्थी चयन भएका छन् ।




