२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

२८ वर्षीय किरण तिवारी बने कांग्रेस सैनामैना ८ सभापति

२८ वर्षीय किरण तिवारी बने कांग्रेस सैनामैना ८ सभापति

२८ वर्षीय किरण तिवारी बने कांग्रेस सैनामैना ८ सभापति

२८ वर्षीय किरण तिवारी बने कांग्रेस सैनामैना ८ सभापति

२८ वर्षीय किरण तिवारी बने कांग्रेस सैनामैना ८ सभापति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका–८ को वडा अधिवेशनबाट २८ वर्षीय किरण तिवारी वडा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।वडा सभापति हुने उनी अहिलेसम्ममै कान्छो युवा हुन ।

    तिवारीले १२ वर्षदेखि राजनीतिमा सक्रिय रहेको बताए। उनले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए। २०७९ सालमा वडा पार्टी सचिवको जिम्मेवारीसमेत सम्हालेका तिवारी सामाजिक तथा युवा अभियानमा पनि सक्रिय रहँदै आएका छन्।

    विभिन्न सामाजिक क्लबको नेतृत्व तथा व्यवस्थापनमा समेत काम गरेका तिवारी युवा अभियन्ताका रूपमा परिचित छन्। उनले वातावरण तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा समेत काम गर्दै आएको बताएका छन्।

    युवा पुस्ताबाट वडा नेतृत्वमा आएका तिवारीले पार्टी संगठनलाई थप व्यवस्थित बनाउँदै युवाको सहभागिता र सामाजिक गतिविधिलाई प्राथमिकतामा राख्ने बताएका छन्।

    सैनामैना– ८ को अधिवेशनबाट उपसभापतिमा रमा पाण्डे र सन्तबहादुर सावत्, सचिवमा शेरबहादुर ज्ञवाली तथा सहसचिवमा नारायण कडेललगायत वडा कार्यसमिति निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिसमेत निर्विरोध निर्वाचित भएका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij