२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीका मुख्यमन्त्रीकाे निर्देशन:`पाँच लाख भन्दा माथिका सबै याेजना प्रतिस्पर्धाबाट मात्रै कार्यान्वयन गर्नु´

दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • दाङ। लुम्बिनी प्रदेश सरकारले पाँच लाख भन्दा माथिका सबै याेजनालाइ प्रतिस्पर्धा बाट मात्रै कार्यान्वयन गर्ने भएको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले  पाँच लाख भन्दा माथिका बजेट शिर्षकका याेजना प्रतिस्पर्धा बाट मात्रै कार्यान्वयन गर्न निर्देशन जारी गरेका हुन ।

    याेजना कार्यान्वयन गर्दा प्रतिस्पर्धा नहुने, एकै प्रकारकाे व्यक्ति तथा समुहले मात्रै लाभ उठाउने जस्ता प्रवृत्ति हावी छ । याेजना छनाेट र कार्यान्वयन चरणलाइ पारदर्शी बनाउन पाँच लाख भन्दा माथिका सबै प्रकारका याेजनाकाे टेन्डर खाेलिने मुख्यमन्त्री आचार्यले बताए ।

    `सरकारकाे लक्ष्य सुशासन कायम राख्ने, पारदर्शिता र जवाफदेहीता हुन । भ्रष्टाचार नियन्त्रणका लागि पाँच बर्षे रणनीति पारित गरेकाे छ । त्यस दिशामा सरकारले याेजना निर्माण गरेर कार्यान्वयन थालेकाेछ´मुख्यमन्त्री आचार्यले भने-`याेजना कार्यान्वयन गर्दा काेटेसनमा गर्ने, आफू अनुकुलका उपभोक्ता समिति बनाउने प्रवृत्ति छ । यसलाई राेक्न जरुरी छ ।´  

    उपभोक्ताकाे नाम राख्ने तर, याेजना ठेकेदारले कार्यान्वयन गर्ने गरिन्छ । लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएकाे थियाे ।

    साउन महिना भित्र मन्त्रालयहरुले याेजना कार्यान्वयनका कार्यविधि बनाइसक्ने निर्णय प्रदेश सरकारले गरेकाे छ ।

    याेजना कार्यान्वयनमा हुने ढिलासुस्ती हटाउनका लागि कार्यविधि बनाउने कामलाई सरकारले प्राथमिकतामा राखेकाे जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij