बुटवल । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बुधबार बस्ने भएको छ।
ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबारका लागि सचिवालय बैठक घोषणा गरेका हुन्।
महासचिव शंकर पोखरेललगायतले केन्द्रीय कमिटी बैठकमा कार्यदलको प्रतिवेदन पेस गर्न माग गरे पनि यसलाई बेवास्ता गरेर ओलीले आफ्नै राजनीतिक प्रतिवेदनमा त्यही कुरा राखिएको जिकिर गरे।
जसप्रति कार्यदलकै सदस्यले असन्तुष्टि जनाएका छन्।




