बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका उपसभापति पदमा गणेश घिमिरेले उम्मेदवारी घोषणा गरेका छन्।
पार्टीको क्रियाशील सदस्य हुँदै नेपाली कांग्रेसमा प्रवेश गरेका घिमिरेले नेपाल तरुण दलमा सक्रिय भूमिका निर्वाह गरेका थिए। तरुण दलको विदेश विभाग सदस्यको जिम्मेवारीसमेत सम्हालेका उनी पार्टीको महाधिवेशनबाट सहसचिव बनेर काम गरिसकेका छन्।
पार्टी संगठनमा लामो समयदेखि सक्रिय घिमिरेले यसपटक बुटवल उपमहानगर उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
घिमिरे पश्चिमाञ्चल यातायात व्यवसायी समिति सदस्यका रूपमा समेत काम गरिरहेका छन्। उनी हाल नेपाल–भारत मैत्री संघका सदस्यसमेत रहेका छन्।
पार्टीलाई थप व्यवस्थित र सक्रिय बनाउँदै कार्यकर्ताका समस्या तथा अपेक्षालाई सम्बोधन गर्न आफ्नो उम्मेदवारी रहेको घिमिरेले बताएका छन्।




