२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकामा ज्योति भण्डारीको प्यानल बिजयी

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकामा ज्योति भण्डारीको प्यानल बिजयी

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकामा ज्योति भण्डारीको प्यानल बिजयी

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकामा ज्योति भण्डारीको प्यानल बिजयी

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकामा ज्योति भण्डारीको प्यानल बिजयी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • बुटवल ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर कार्यसमितिको निर्वाचनबाट ज्योति भण्डारी सभापतिमा निर्वाचित हुनुभएको छ।
    भण्डारीले ४११ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी जितबहादुर मल्लले २२६ मत प्राप्त गर्नुभएको छ। निर्वाचनबाट उपसभापतिमा गणेश घिमिरे निर्वाचित हुनुभएको छ। घिमिरेले ३४९ मत प्राप्त गर्दा तिर्थराज काफ्लेले २५७ मत प्राप्त गर्नुभएको छ। महिला उप सभापतिमा गंगा पन्थी निर्वाचित हुनुभएको छ। पन्थीले ३८० मत प्राप्त गर्दा करुणा मल्लले २३९ मत प्राप्त गर्नुभएको छ।
    तेस्तै, सचिवमा इन्जिनियर अर्जुन गिरी निर्वाचित हुनुभएको छ। गिरीले ३४९ मत प्राप्त गर्दा रमेशप्रसाद अधिकारीले २२० मत प्राप्त गर्नुभएको छ। सहसचिवमा नारायण खनाल निर्वाचित हुनुभएको छ। खनालले ३०४ मत प्राप्त गर्दासूर्यप्रसाद काफ्लेले २६४ मत प्राप्त गर्नुभएको छ ।
    सदस्य युवा खुलातर्फ सगुन पुन र डा. सन्तोषप्रसाद ढकाल निर्वाचित हुनुभयो । पुनले ३८४ र डा. ढकालले ३६१ मत प्राप्त गर्नुभएको छ। यसअघि बुटवल नगर समितिको नेतृत्वका लागि ज्योति भण्डारी र जितबहादुर मल्लले छुट्टाछुट्टै प्यानलबाट उम्मेदवारी दिएका थिए। भण्डारी समूहबाट गणेश घिमिरे, गंगा पन्थी, अर्जुन गिरी र नारायण खनाल उम्मेदवार बनेका थिए भने मल्ल समूहबाट तिर्थराज काफ्ले, करुणा मल्ल, रमेशप्रसाद अधिकारी र सूर्यप्रसाद काफ्ले उम्मेदवार बनेका थिए। ६६९ मतदाता रहेपनि आजको मतदानमा ६४८ मत खसेको निर्वाचन अधिकृत जिवनारायण अधिकारीले जानकारी दिनुभयो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij