२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमा नगर कांग्रेसमा नारायण ढकालको प्यानल विजयी

तिलोत्तमा नगर कांग्रेसमा नारायण ढकालको प्यानल विजयी

तिलोत्तमा नगर कांग्रेसमा नारायण ढकालको प्यानल विजयी

तिलोत्तमा नगर कांग्रेसमा नारायण ढकालको प्यानल विजयी

तिलोत्तमा नगर कांग्रेसमा नारायण ढकालको प्यानल विजयी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  •  

    तिलोत्तमा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तिलोत्तमा नगर कार्यसमितिको निर्वाचनमा नारायण ढकाल नेतृत्वको प्यानल विजयी भएको छ।

    नगर सभापतिमा नारायण ढकाल निर्वाचित भएका छन्। त्यस्तै उपसभापतिमा रमेश पराजुली र शोभा राना, सचिवमा प्रदीपकुमार थापा तथा सहसचिवमा कोपिला काफ्ले निर्वाचित भएका छन्।

    निर्वाचनमा ढकाल नेतृत्वको समूहले प्रतिस्पर्धी समूहलाई पछि पार्दै नगर कार्यसमितिमा नेतृत्व स्थापित गरेको हो।

    निर्वाचित भएपछि सभापति ढकालले सबै मतदाता, नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै पार्टीलाई एकताबद्ध र चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो जितलाई व्यक्तिको भन्दा पनि सिंगो तिलोत्तमा कांग्रेस परिवारको जितका रूपमा लिँदै सबैलाई समेटेर अघि बढ्ने बताए।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मूल नारा ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद’ रहेको छ।

    निर्वाचित नगर कार्यसमितिलाई कांग्रेसका नेता तथा कार्यकर्ताले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij