२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

खरो पत्रकारिताबाट नीति निर्माणतर्फ सञ्चारकर्मी दिनेश पाण्डे :   अर्घाखाँचीमा युवा तथा खुलातर्फ उम्मेदवारी

खरो पत्रकारिताबाट नीति निर्माणतर्फ सञ्चारकर्मी दिनेश पाण्डे :   अर्घाखाँचीमा युवा तथा खुलातर्फ उम्मेदवारी

खरो पत्रकारिताबाट नीति निर्माणतर्फ सञ्चारकर्मी दिनेश पाण्डे :   अर्घाखाँचीमा युवा तथा खुलातर्फ उम्मेदवारी

खरो पत्रकारिताबाट नीति निर्माणतर्फ सञ्चारकर्मी दिनेश पाण्डे :   अर्घाखाँचीमा युवा तथा खुलातर्फ उम्मेदवारी

खरो पत्रकारिताबाट नीति निर्माणतर्फ सञ्चारकर्मी दिनेश पाण्डे  :    अर्घाखाँचीमा युवा तथा खुलातर्फ उम्मेदवारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  •  

    अर्घाखाँची । पत्रकारिता क्षेत्रमा सक्रिय दिनेश पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँची प्रदेश सभा क्षेत्र ‘क’ बाट ३५ वर्षमुनिको युवा तथा खुला कोटातर्फ उम्मेदवारी घोषणा गरेका छन्। पत्रकारितासंगै  नीति निर्माणको क्षेत्रमा प्रवेश गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको पाण्डेले बताएका छन्।

    अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, भगवतीमा जन्मिएका पाण्डे विगत करिब १५ वर्षदेखि पत्रकारितामा सक्रिय छन्। उनी  राज्य टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम कालचक्रका प्रस्तोता हुन् भने यसअघि  ‘छड्के हमला’ र ‘लुम्बिनी छड्के’ कार्यक्रम चलाएका थिए । पाण्डे डिजिटल मिडिया ‘हमला खबर’का संस्थापक तथा मुख्य सम्पादक हुन्। 
    पत्रकारिताका क्रममा सामाजिक विकृति, भ्रष्टाचार, अनियमितता तथा जनसरोकारका विषय उठाउँदै आएको पाण्डेको भनाइ छ। उनले पत्रकारितामा प्राप्त अनुभवलाई अब नीति निर्माण र राजनीतिक भूमिकामा प्रयोग गर्ने उद्देश्यले कांग्रेसको महाधिवेशनमा उम्मेदवारी दिएको बताएका छन्।

    पाण्डे विगत १०–१२ वर्षदेखि विभिन्न जिल्लामा पुगेर युवालाई उद्घोषण, समाचार लेखन, नेतृत्व विकास, व्यक्तित्व विकास तथा खोज पत्रकारिता सम्बन्धी तालिमसमेत दिँदै आएका छन्। पत्रकारिता विषयमा उच्च अध्ययन गरिरहेका उनले अध्ययन र पत्रकारिताको अनुभवलाई आफ्नो राजनीतिक यात्राको आधारका रूपमा अघि सारेका छन्।

    WhatsApp Image 2026-09-25 at 06.51.02.jpeg
    undefined

    सांगठनिक रूपमा पाण्डे नेपाल प्रेस युनियन रुपन्देही जिल्ला कार्यसमिति सदस्य भइसकेका छन्। हालै सम्पन्न अधिवेशनबाट उनी प्रदेश प्रतिनिधि निर्वाचित भएका छन्। उनी बीपी स्टडिज युथ सर्कलको लुम्बिनी प्रदेश उपाध्यक्षको जिम्मेवारीमा समेत छन्।

    पाण्डेले आफ्नो उम्मेदवारीलाई कांग्रेसभित्र युवा सहभागिता र पुस्तान्तरणसँग जोडेर अघि सारेका छन्। उनका अनुसार पत्रकारितामा रहेर बाहिरबाट प्रश्न उठाउने र खबरदारी गर्ने भूमिकासँगै अब नीति निर्माणको तहमा पुगेर सार्वजनिक नीति तथा राज्यका प्रणालीमा सुधारका लागि काम गर्ने उनको उद्देश्य छ।

    उनले उम्मेदवारी घोषणा गर्दै युवा पुस्तालाई नेतृत्वमा थप अवसर, पारदर्शिता, जवाफदेहिता र जनसरोकारका विषयलाई राजनीतिक प्राथमिकतामा राख्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

    अब अर्घाखाँची प्रदेश सभा क्षेत्र ‘क’ मा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचनमा पाण्डेको उम्मेदवारीसँगै युवा तथा खुला कोटामा प्रतिस्पर्धा थप रोचक बनेको छ। आगामी अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि तथा सम्बन्धित तहको निर्णय प्रक्रियामा उनको राजनीतिक भूमिकासमेत तय हुनेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij