दाङ । रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ निवासी कृष्णबहादुर घर्ती मगर लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएका छन् । संघीय सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुख रहेका अमिक शेरचनलाई हटाएर कांग्रेसका पूर्व जिल्ला सभापती भएका घर्तीलाई प्रदेश प्रमुख बनाउन सिफारिस गरेको हो ।
घर्ती रोल्पा जिल्लामा दुई पटक पार्टीको जिल्ला सभापती चुनिएका थिए । १४ बर्ष जिल्ला सभापती भएर काम समेत गरेका उनि कांग्रेस फुट्ने बेलामा हालका पार्टी सभापती शेरबहादुर देउवा तर्फ लागेर प्रजातान्त्रीक कांग्रेसबाट जिल्लाको नेतृत्व गरेका थिए । पछी फेरी उनि पार्टी एकता पछी जिल्ला सभापती नै भए ।
१२ औं महाधिवेसनमा भएको जिल्ला अधिवेसनबाट हाल प्रदेशको सभापती रहेका अमर सिंह पुनलाई हराएर सभापतीमा निर्वाचित भएका थिए । त्यसपछी मात्रै अमर सिंह पुन जिल्लाको सभापती बन्न पाएका थिए ।
रोल्पा जिल्ला माओवादीको किल्ला मानिएपनि कांग्रेसको झण्डा फहराउन घर्तीमगरले मेहनत भने गरिरहे । सशस्त्र द्धन्द्धको समयमा पनि कांग्रेसमै टिकिरहेका उनि जनस्तरमा भिजेका नेताको रुपमा चिनिन्छन् ।
माओवादीलाई शान्तीप्रक्रियामा ल्याउन र बन्दुक त्यागेर शान्तीको मार्गमा ल्याउन स्थानीय स्तरमा उनले खेलेको भूमिकालाई पनि मुल्यांकनको रुपमा हेर्ने गरिएको छ । २०४९ सालमा गाविस अध्यक्ष भएका र हाल सम्म लाभको पदमा नगएका उनलाई यस अघिको निर्वाचनमा समानुपातिक सांसदको सूचीमा राखिएको थियो । हाल घर्तीमगरको बसाई जिल्ला सदरमुकाम लिवाङमा छ ।
संक्षिप्त जिवनी
जन्मः २०१६ माघ १० गते ।
२०३६ सालको विद्यार्थी आन्दोलन नेविसंघबाट राजनीति सुरु भएको ।
विभिन्न आन्दोलन जेलनेल भोगेको । २०४९ मा साविक घर्तीगाउँ विकास समितिको अध्यक्ष ।
२०४७ जिल्ला कमिटि सदस्य । त्यसपछी सचिव ।
२०४९ जिविस सभापती लडेको । झग्गुप्रसाद सुवेदी संग चुनाव हारेको । तर, सुवेदी उनका मिल्ने जेल जीवनका साथि थिए ।
२०४८ देखी २०७२ सम्म महासमिति सदस्य ।
२०५९ देखी २०७२ प्रजातन्त्रीक कांग्रेस ।
आमन्त्रीत केन्द्रिय सदस्य २०५९, केन्द्रिय सल्लाहर पनि ।
दुई छोरा, चार छोरी ।




