२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुल्मी–१ बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधिमा सन्तोष कंडेलको उम्मेदवारी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  •  

    बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गुल्मी क्षेत्र नं. १ बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फ युवा व्यवसायी सन्तोष कंडेलले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।

    गुल्मीमा आगामी असोज १२ गते क्षेत्रीय अधिवेशन हुँदैछ। क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले कंडेलले युवा क्लस्टरतर्फ आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

    कंडेलले २०७१ सालमा लुम्बिनी–बाँके जे क्याम्पसबाट विद्यार्थी राजनीतिमा प्रवेश गर्दै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। राजनीतिसँगै सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय उनी लायन्स क्लब अफ लुम्बिनी सिटीका चार्टर प्रेसिडेन्टका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्।

    त्यस्तै, रोटरी डिस्ट्रिक्ट ३२–९२ नेपाल–भुटानका असिस्टेन्ट चार्टर ट्रेजरर तथा बुटवल जेसीजका सदस्यसमेत रहेका कंडेल होटल, कन्स्ट्रक्सन, ट्राभल तथा इभेन्ट म्यानेजमेन्टलगायतका व्यवसायमा सक्रिय छन्।

    युवा पुस्ताको सक्रिय सहभागिता र नेतृत्व विकास आवश्यक रहेको बताउँदै कंडेलले कांग्रेस संगठनलाई थप सुदृढ बनाउन आफ्नो अनुभव, ऊर्जा र क्षमतालाई पार्टीमा प्रयोग गर्ने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्।

    गुल्मीमा क्षेत्रीय अधिवेशन नजिकिएसँगै विभिन्न क्लस्टरबाट महाधिवेशन प्रतिनिधिका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij