२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेस रूपन्देही ३ ‘क’ मा सभापतिसहित श्रेष्ठको प्यानलै विजयी

कांग्रेस रूपन्देही ३ ‘क’ मा सभापतिसहित श्रेष्ठको प्यानलै विजयी

कांग्रेस रूपन्देही ३ ‘क’ मा सभापतिसहित श्रेष्ठको प्यानलै विजयी

कांग्रेस रूपन्देही ३ ‘क’ मा सभापतिसहित श्रेष्ठको प्यानलै विजयी

कांग्रेस रूपन्देही ३ ‘क’ मा सभापतिसहित श्रेष्ठको प्यानलै विजयी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • भैरहवा 
    नेपाली काँग्रेस रुपन्देही प्रदेशसभा क्षेत्र नम्बर ३ (क)को सभापतिमा महेन्द्रकुमार श्रेष्ठको प्यानलै निर्वाचित भएको छ । 
    नेपाली काँग्रेसको १५औं महाधिवेशनअन्तर्गत सोमबार भएको अधिवेश्नपश्चात् निर्वाचनमा प्रतिस्पर्धी लेखनाथ भट्टराईलाई पराजित गर्दै श्रेष्ठको प्यानलै निर्वाचित भएको हो । 


    श्रेष्ठ २७७ मत प्राप्त गरी सभापतिमा विजयी भए भने भट्टराईले १४४ मत प्राप्त गरे । उप–सभापतिमा सुनिलराज विष्ट २७२ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी यामबहादुर थापा (माइला’) ले १४३ मत ल्याए । त्यस्तै, सचिवमा २५३ मतका साथ हुमलाल पौडेल विजयी भए भने प्रतिस्पर्धी दीपक श्रेष्ठले १६२ मत प्राप्त गरे । सह–सचिव (महिला) तर्फ विनिता श्रेष्ठ २७६ मत ल्याएर विजयी भइन भने उनकी प्रतिस्पर्धी अर्पिता विश्वकर्माले १३२ मत पाइन । सह–सचिव (खुल्ला) मा गोकुल यादव २५५ मतसहित निर्वाचित हुँदा डिल्लीराज अधिकारीले १४८ मत ल्याए । 


    प्रदेश अधिवेशन प्रतिनिधितर्फ प्रत्यक्ष खुला सदस्यहरुमा अर्जुन कार्की, अनन्तराज पाण्डे, अरुण बहादुर घर्ती, कन्हैयालाल गुप्ता बानियाँ, कृष्णबहादुर खनाल, ठाकुर अधिकारी रामकिसन बिक र सञ्जिव गुरुङ निर्वाचित भएका छन् । त्यसैगरी अल्पसंख्यक कोटामा विष्णु कहार र मधेसी समानुपतिकतर्फ जितेनद्र यादव निर्वाचित भएको निर्वाचन अधिकृत खिमानन्द भण्डारीले जानकारी दिए ।   


    प्रदेश अधिवेशन प्रतिनिधि प्रत्यक्षतर्फका अधिकांश पदमा भने उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् । समानुपातिकतर्फ दलित सदस्यमा प्रेमबहादुर नेपाली, आदिवासी जनजातिमा जीतमान गुरुङ, खस आर्यमा बाबुराम पाण्डे, मधेशी महिलामा निशा केवट, मुस्लिममा रामतुल्लाह अन्सारी र थारु सदस्यमा सतिषकुमार चौधरी निर्विरोध निर्वाचित भएका छन् ।


    दलित सदस्यमा सञ्जन विक, महिला सदस्यमा पुनम थारु र रुपमाया पुन, दलित सदस्यमा बिक्रमबहादुर सुनार, पेशागत विषय विज्ञमा टिकाराम भट्टराई, ३५ वर्ष मुनिका युवा महिलामा तारा कुँवर, ३५ वर्ष मुनिका युवा खुलामा नवराज अर्याल, श्रमिकमा खेदु यादव र प्रजातान्त्रिक सेनानी, सहिद तथा द्वन्द्वपीडित कोटामा ईश्वरचन्द्र पोखरेल निर्विरोध निर्वाचित भएका छन् । 
    त्यसैगरी क्षेत्रीय कार्यसमितिको समानुपातिकतर्फ दलित सदस्यमा पुर्नबहादुर सार्की, खस आर्य सदस्यमा खेम कार्की, मधेशी खुल्ला सदस्यमा गंगासागर अग्रहरि र मुस्लिम सदस्यमा तुराव अलि चुरिहार निर्विरोध निर्वाचित भएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij