बुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि दाङ क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
थारू कोटाबाट महाधिवेशन प्रतिनिधिका लागि उमेदवारी दिएका यादव चौधरी र केशव चौधरीले उमेदवारी फिर्ता लिएपछि डिल्लीबहादुर चौधरी निर्विरोध चयन भएका हुन् ।
चौधरी यसअघि कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताका रूपमा चिनिन्थे । पछिल्लो समय भने उनी गगन थापा नेतृत्वको पार्टी संरचनामा सक्रिय रहँदै आएका छन् ।




