काठमाडौं । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले पूर्वप्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनाले कानुनी आधार, कारण र प्रक्रियाबारे गम्भीर प्रश्न उठेको बताएकी छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले सुरक्षा चुनौती भए राज्यले सुरक्षा दिनुपर्ने बताइन् ।
उनले मानवअधिकार आयोगका प्रतिनिधिलाई भेट गर्न नदिएको विषयबारे पनि प्रश्न गरिन् । नियन्त्रणमा लिनुको कानुनी आधार, सुरक्षा चुनौतीको सूचना, मानव अधिकार आयोगका प्रतिनिधिलाई भेट्न नदिइनुको कारणबारे जवाफ माग गरिन् ।
“यस्तो संवेदनशील विषयमा सरकारको आधिकारिक धारणा के हो ?” उनले भनिन् ।
राज्य संयन्त्रको दुरुपयोग स्वीकार्य नहुने धारणा राखिन् ।




