२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हजार र पाँचसयको नोट नोटबन्दी गर्न सांसदको माग, रास्वपालाई के ले छेक्यो ?

हजार र पाँचसयको नोट नोटबन्दी गर्न सांसदको माग, रास्वपालाई के ले छेक्यो ?

हजार र पाँचसयको नोट नोटबन्दी गर्न सांसदको माग, रास्वपालाई के ले छेक्यो ?

हजार र पाँचसयको नोट नोटबन्दी गर्न सांसदको माग, रास्वपालाई के ले छेक्यो ?

हजार र पाँचसयको नोट नोटबन्दी गर्न सांसदको माग, रास्वपालाई के ले छेक्यो ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौं । संसद्‌मा एक हजार र पाँचसयको नोट नोटबन्दी गर्नुपर्ने आवाज उठेको छ ।

    रास्वपाका सांसद यज्ञमणि न्यौपाने र नेकपाका प्रमुख सचेतक युवराज दुलालले तुरुन्त नोटबन्दी गर्न माग गरे ।

    रास्वपाका सांसद न्यौपानले ३५ वर्षदेखि लुटेर कालोधन थुपारिएको आरोप लगाए ।

    “३५ वर्षदेखि यो देश लुटेकाहरूले राखेको कालोधनका कारण आज उनीहरू शक्ति प्राप्त भयो भन्दै यो देशका विरुद्धमा, प्राप्त जनमतका विरुद्धमा संघर्ष गर्ने भनेर यदाकदा सुनिँदै छ,” न्यौपानले भने ।

    उनले त्यो कालोधन र देश लुटेको धन भएको दाबी गरे ।

    “यो पैसाको व्यवस्थापन उनीहरूले विभिन्न ठाउँमा गरेको सुनिएको छ । त्यसैले सरकारले नोटबन्दी गर्नुपर्‍यो । यी नोटलाई लिएर सरकारले बैंकिङ प्रणालीमा ल्याउनुपर्‍यो,” उनले भने, “र, नयाँ नोट जारी गर्नुपर्‍यो रूप परिवर्तन गरेर ।”

    उनले आवश्यकता पर्दा मात्रै नयाँ नोट जारी गर्नुपर्ने बताए ।

    “यी भ्रष्टाचारीले लुकाएको पैसा खरानीमा प्ररिणत गरौँ । सुशासन रोक्नका लागि यीनीहरूले गरेको षड्यन्त्र हामीले यही तुहाउँ । भारतबाट हामीले सिकौँ,” न्यौपानेले भने ।

    न्यौपानेपछि बोलेका नेकपाका प्रमुख सचेतक दुलालले नोटबन्दीबारेको न्यौपानेको प्रस्तावमा सहमति जनाए ।

    “रास्वपाको सरकारलाई अविलम्ब पुराना नोटहरूलाई, हजार र पाँचसयका नोटलाई नोटबन्दी गर्नको लागि जोडदार माग गर्दछु”, उनले भने ।

    उनले त्यो विषयमा पार्टीले सहयोग गर्ने बताए । “संघीय संसद्का सदस्यले हस्ताक्षर गरेर दिनुपरे पनि आजै दिने घोषणा गर्न चाहन्छु”, दुलालले भने ।

    उनले रास्वपालाई प्रश्न गरे, “यो हजार र पाँचसयको भ्रष्टाचार गरेर राखेको नोटबन्दी गर्न केले छेक्यो ? तुरुन्त गर्नका लागि माग गर्दछु । यसको लागि रुलिङ गर्न सम्माननीय सभामुखलाई माग गर्दछु ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij